वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा. सिंह बताउँछन् ।
‘अवस्था बिग्रेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने क्रम बढेको छ । राम्रोसँग उपचार गर्न नपाउँदै विरामीको मृत्यु भइसक्छ,’ उनले भने, ‘समयमै अस्पतालमा ल्याएको खण्डमा आईसीयु र भेन्टिलेटरमा राखेर भए पनि ज्यान जोगाउन प्रयास गर्न सकिन्थ्यो ।’
अस्थायी कोभिड विशेष अस्पतालमा शंकास्पद केसका लागि ६ वेड क्षमताको आकस्मिक कक्ष बनाइएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि विरामीलाई वीरगञ्जका अन्य निजी अस्पतालले भर्ना लिने गरेका छैनन् । अन्त्यमा कोभिड अस्पतालमा पुगेर विरामीले प्राण त्याग गर्ने गरेका छन् ।
४५ वर्षीया महिलाको मृत्यु भएसँगै वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ । वीरगञ्जमा फेला परेको एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जना र रौतहटका १ जनाको पनि उपचारको क्रममा वीरगञ्जमै मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











