नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।
एपीवान एचडी टेलिभिजनमा अन्तरवार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे।
‘म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ। म चुप लागेर बसेको छु। त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो। भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्।
महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन्। उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ।
ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन दुई पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रष्ट पारे। उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए।
‘हामीबीच प्रतिबद्धता थिए। हामीले बीचमा थप केही सम्झौताहरू गर्यौं। सहमतिहरू थप गर्यौं, बनायौं। मेरो तर्फबाट कुनै माग छैन। जो थप सहमतिहरू भए ती प्रचण्डजीले नै भन्नु भएकोले भएका सहमतिहरू हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले पनि पटकपटक भन्नुभएको छ। हामीले के भन्यौं भने ५ वर्ष नै यो सरकार रहन जरुरी छ,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भने, ‘अहिले सरकारको निरन्तरता चाहियो। स्थायित्व चाहियो। जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै ५ वर्ष सरकार टिकेन। टिक्न दिइएन। यो खालका प्रवृत्तिहरू उठ्न, झांगिन दिनु हुँदैन र सफल हुन दिनु हुँदैन।’
प्रधानमन्त्री भएर पनि गुट चलाउने भन्ने प्रश्नमा ओलीले भने, ‘म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नु भएन ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। मभन्दा अघि त लड्ने चलन थिएन नि।’ ६५ वर्षकै उमेरमा आफूले राजनीतिबाट सन्न्यास लिन खोजे पनि परिस्थितिले नदिएको ओलीको भनाइ छ। ‘मलाई आफूले बोलेका शब्दबाट पछाडि हट्न आउँदैन। मेरो कठिनाइ त्यो छ। तर, मेरा इच्छाहरू कहिलेकाहीँ परिस्थितिले फरक पार्छन्’, प्रधानमन्त्रीले भने, ‘मैले ६५ वर्षको उमेरमा अवकाश लिन खोजेको थिएँ। तर परिस्थितिले दिएन। मेरा साथीहरूले त्यो इजाजत मलाई दिएनन्। मेरो इच्छा थियो। मैले साथीहरूलाई भनेको हुँ। तर मेरो इच्छालाई साथीहरूले मानेनन्। म अध्यक्ष भइसकेको थिएँ। त्यो अवस्थाबाट छोडेर हेर्दा राम्रो देखिएन।’
प्रधानमन्त्रीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मका विषय भारतसँग संवादमार्फत तथ्यका आधारमा टुंग्याउने गरी सरकार अगाडि बढिरहेको बताए। उनले भने, संवादबाटै टुग्ंयाउनुपर्छ भन्ने पक्षमा हामी छौं। सम्बन्धलाई सुधार्नुपर्छ। त्यसका लागि वार्ताका माध्यमबाट टुंग्याउनुपर्छ। म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वार्ताका माध्यमबाट यो टुंगिन्छ।’
अयोध्या र भगवान् रामका विषयमा आफ्नो अभिव्यक्तिलाई लिएर आत्तिनुपर्ने र आक्रोशित हुनुपर्ने विषय नभएको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले गरिरहेको काममा कुनै भ्रष्टाचार भएको भए जोसकुै भए पनि कारबाही गरेर छोड्ने प्रतिबद्धता जनाए। आफूले सञ्चारमाध्यममा आएका र विभिन्न व्यक्तिहरूले उठाइरहेका प्रश्नहरूको गम्भीरतापूर्वक अध्ययन गरिरहेको र त्यसमा दोषी देखिए कारबाहीको भागीदार बनाइने पनि बताए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












