नेपाल–भारत ‘भर्चुअल’ बैठक: भारतीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिबारे समीक्षा
काठमाडौं । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला सोमबार नेपाल-भारतबीचको संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को बैठक भएको छ ।
कोरोना कारण भिडियो कन्फरेन्समार्फत भएको उक्त बैठकमा भारतकातर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपालका तर्फका परराष्ट्र सचिव शंकरदास बैरागीले अध्यक्षता गरेका थिए ।
बैठकले ८ जुलाई २०१९ मा भएको सातौं बैठकयता भएका द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाहरूको विस्तृत समीक्षा गरेको जनाइएको छ । सोमबारको आठौं बैठकमा दुबै पक्षले परियोजनामा भइरहेका प्रगतीको छलफल गरेको र द्रुत गतिको कार्यान्वयनमा जोड दिने सहमति भएको जनाइएको छ ।
भारतीय सहयोगमा नेपालमा भइरहेका आर्थिक र विकास परियोजनाको निरीक्षणका लागि सन् २०१६ मा स्थापना भएको यस संयन्त्रले हरेक वर्ष परियोजनाको मूल्यांकन गर्ने गरेको छ ।
नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिबद्धता गरेअनुसार ५० हजारमध्ये गोरखा र नुवाकोटमा ४६ हजार ३०१ घर निर्माण गरेको जनाइएको छ । त्यसैगरी महोत्तरी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, विराटनगरको एकिकृत चेकपोस्ट, उच्च प्रभावको समुदाय विकास परियोजनाको विषयमा पनि छलफल भएको जनाइएको छ ।
नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइँमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ ।
दुबै पक्षले आगामी बैठक दुबै पक्षको सल्लाह बमोजिम उपयुक्त मितिमा बस्ने सहमति भएको छ ।
दूतावास स्रोतका अनुसार यस बैठकमा सीमा विवादबारे कुनै छलफल भएको छैन । सीमाका विषयमा छलफल गर्न अलग्गै संयन्त्र भएका कारण यस बैठकमा छलफल नगरिएको स्रोतले जनाएको छ ।
यसअघि दुवै देशका प्रधानमन्त्रीचबीच भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा टेलिफोन संवाद भएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











