नेपाल–भारत ‘भर्चुअल’ बैठक: भारतीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिबारे समीक्षा
काठमाडौं । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला सोमबार नेपाल-भारतबीचको संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को बैठक भएको छ ।
कोरोना कारण भिडियो कन्फरेन्समार्फत भएको उक्त बैठकमा भारतकातर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपालका तर्फका परराष्ट्र सचिव शंकरदास बैरागीले अध्यक्षता गरेका थिए ।
बैठकले ८ जुलाई २०१९ मा भएको सातौं बैठकयता भएका द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाहरूको विस्तृत समीक्षा गरेको जनाइएको छ । सोमबारको आठौं बैठकमा दुबै पक्षले परियोजनामा भइरहेका प्रगतीको छलफल गरेको र द्रुत गतिको कार्यान्वयनमा जोड दिने सहमति भएको जनाइएको छ ।
भारतीय सहयोगमा नेपालमा भइरहेका आर्थिक र विकास परियोजनाको निरीक्षणका लागि सन् २०१६ मा स्थापना भएको यस संयन्त्रले हरेक वर्ष परियोजनाको मूल्यांकन गर्ने गरेको छ ।
नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिबद्धता गरेअनुसार ५० हजारमध्ये गोरखा र नुवाकोटमा ४६ हजार ३०१ घर निर्माण गरेको जनाइएको छ । त्यसैगरी महोत्तरी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, विराटनगरको एकिकृत चेकपोस्ट, उच्च प्रभावको समुदाय विकास परियोजनाको विषयमा पनि छलफल भएको जनाइएको छ ।
नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइँमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ ।
दुबै पक्षले आगामी बैठक दुबै पक्षको सल्लाह बमोजिम उपयुक्त मितिमा बस्ने सहमति भएको छ ।
दूतावास स्रोतका अनुसार यस बैठकमा सीमा विवादबारे कुनै छलफल भएको छैन । सीमाका विषयमा छलफल गर्न अलग्गै संयन्त्र भएका कारण यस बैठकमा छलफल नगरिएको स्रोतले जनाएको छ ।
यसअघि दुवै देशका प्रधानमन्त्रीचबीच भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा टेलिफोन संवाद भएको थियो ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












