काठमाडौं उपत्यका फेरि लकडाउन गर्ने विषयमा छलफल
काठमाडाैँ । कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन्।
कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिए।
‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’ उनले भने, ‘मङ्गलबारबाट समूहगत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ। सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ।’
सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चिया पसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ।
तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूह गत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको स्थानीय सुरक्षा अधिकारीको भनाइ छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजनाअनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ।
अनुगमनबाट अधिकतर नागरिकले लापरबाही तथा हेलचक्रयाइँ गरेको पाइएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सम्झाइबुझाइ गर्दा पनि अटेर गर्नेका कारण कोरोना फैलिएको बताए।
जोखिमको बेला सडकमा सुरक्षाकर्मी खटाएर नियन्त्रण गर्छु भन्दा पनि सम्भव छैन, शान्तिसुरक्षा तथा कोरोना रोकथाम प्रतिकार्य सुरक्षामा खटिएका सुरक्षाकर्मी नै सङ्क्रमित बन्दै गएको बेला आम नागरिकले आफ्नो सुरक्षाका लागि घरमै बन्दाबन्दी बस्नुबाहेक अन्य विकल्प नभएको उनी बताउँछन्।
उपत्यकामा प्रतिदिन झण्डै १५० जनाको हाराहारीमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव सुरक्षा निकायको छ। काठमाडौँ उपत्यकाको नाका तथा टोल ‘सिल’ गरेर मात्र नियन्त्रण सम्भव छैन। उनले भने, ‘केही दिन आन्तरिक सुरक्षामा कडाइ गर्नुपर्ने हुन्छ।’
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमण देखिएका स्थानीयवासीलाई अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे। अटेरका कारण सङ्क्रमण बढेको स्पष्ट पार्दै उनले स्थानीय तहले पनि निषेधाज्ञा जारी गर्न सक्ने बताए। याे खबर आजको गोरखापत्र दैनिकमा छापिएकाे छ।
महानगरपालिकाले सङ्क्रमण देखिएका टोल, गल्ली र बस्तीमा सिल गर्न तथा मास्क प्रयोग र सरसफाइबारे सर्वसाधारणलाई सचेत गराउन निर्देशन दिएको छ। सङ्क्रमणको अवस्था हेरी महानगरपालिका, नगरपालिका र वडामा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











