काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना परे कारबाहीमा
काठमाडाैँ । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंमा बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन्।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार बिहान साढे १० बजेसम्म ४३५ जना कारबाहीमा परेका हुन्।
अत्यावश्यक काम नपरी सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताए।
कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासनले एक साताका लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ।
कारबाहीमा परेकाे तथ्यांक काठमाडौं जिल्लाको मात्रै हो।
५९४ सवारीसाधन नियन्त्रणमा
यस्तै निषेधाज्ञा उल्लंघ गर्दै गुडाइएका ५९४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्राफिक महाशाखका प्रवक्ता एसपी वामदेव गौतमले दिएको जानकारीअनुसार बिहान साढे १० बजेसम्म ६९४ सवारीसाधन नियन्त्रणमा लिएका छौं।
यो तथ्यांक भने उपत्यका अर्थात् तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको हो।
‘यी सवारीसाधनमध्ये सबैभन्दा बढी काठमाडौंका छन्, त्यसपछि भक्तपुर र तेस्रोमा ललितपुरका छन्, ’ प्रवक्ता गौतमले भने, ‘जसमा ४३५ मोटरसाइकल छन्, बाँकी अन्य सवारीसाधन।’
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












