सामाजिक कार्यमा सक्रिय पल शाह, राहत बोकेर कालीकोट पुगे
काठमाडौं। कोरोना महामारीपछि चलचित्र क्षेत्रमा धेरैको रोजिरोटी गुम्यो। लकडाउनका कारण काम नपाएपछि खान समेत समस्यामा परेकालाई नायक पल शाहले पाँच लाख रूपैयाँ बराबरको राहत वितरण गरे।
चलचित्रर्मीबीच राहत वितरण गर्ने जिम्मा त सरकारको हो भन्दै सामाजिक उत्तरदायित्वबाट पन्छिरहेका बेला पल भने सहयोगका लागि अग्रसर देखिए।
चलचित्र प्राविधिकहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरे। यतिबेला देशभर बाढी, पहिरो तथा डुवानको समस्या छ। बाढी पीडितलाई सहयोग गर्न उनी यतिबेला कालीकोट पुगेका छन्। काठमाडौंबाट खाद्यान्न तथा लत्ताकपडासहित कालीकोटको नरहरिनाथ गाउँपालिका विभिन्न स्थानमा पुगेर सहयोग गरेका हुन्।
उनले आफ्नै नाममा स्थापना गरेको पल शाह प्रतिष्ठानले हाम्रो टीम नेपालसँगको सहकार्यमा बाढी पीडितलाई सहयोग गरेका हुन्। म्यूजिक भिडिओको छायांकनमा व्यस्त रहेका पलले महामारीको संक्रमण बढेपछि रोकेका छन्। छायांकनको काम रोकिएपछि उनी आफ्नै सवारी साधान र आवश्यक खाद्यान्न तथा लत्ताकपडा बोकेर नेपालको पश्चिमी क्षेत्रका पहाडी जिल्लातिर लागेका हुन्।
कालीकोटका विभिन्न स्थानमा गएको पहिरोबाट मानवीय तथा ठूलो धनमालको क्षति पुगेको छ। देशमा महामारीको विषम परस्थितिमा पनि बाढी पीडितलाई सहयोगको आवश्यकता रहेकाले आफूहरू कालीकोट पुगेको पलको भनाई छ। एकातिर कोरोना महामारीसँग जुधिरहेका बेला बाढी पहिरोको समस्याले झन पीडा दिइरहेको भन्दै उनीहरूलाई सहयोगको आवश्यक रहेको शाह बताउँछन्।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












