चीनले सुरु गर्यो कोरोनाविरुद्धको आपतकालीन खोप
काठमाडौं । चीनले नोभेल कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको दाबी गरेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीले जुलाई २२ मा चिनियाँ कम्पनीले विकास गरेको कोभिड-१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको बताएका छन् ।
“हामीले आपतकालीन प्रयोगका लागि सुरक्षित र सुदृढ छ भन्ने यकिन गर्न श्रृंखलाबद्धरुपमा विभिन्न योजना प्याकेजहरू बनाएका छौं । जसमा मेडिकल स्वीकृति फारमहरू, साइड-इफेक्ट मोनिटरिंग, उद्धार, क्षतिपूर्ति रहेका छन्,” चिनियाँ कोरोना भाइरसविरुद्धको खोप विकास कार्यदलका प्रमुख चेङ चोङवेइले सीसीटीभीसँग भने ।
चिनियाँ खोप व्यवस्थापन कानुनअन्तर्गत उक्त खोपलाइ आपतकालीन प्रयोगका लागि अनुमति दिएको उनले बताए । उनले भने, “सीमित अवधिमा संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूमा अनुमोदन नभएका खोप प्रयोगका लागि अनुमति दिएका हौं ।”
फ्रन्टलाइनमा रहेका चिकित्सक र स्वास्थ्य कमर्चारी र निजामति कर्मचारीजस्ता विशेष समूहहरूको पहिचान गरेर खोप प्रयोगमा ल्याइएको चेङले बताएका छन् । उनले भने, ” यो कदम भनेको स्वास्थ्य संकट आउँदा पनि सामान्यरुपमा कार्य गर्न सक्छ भन्ने सुनिश्चित गर्न समूह पहिचान गरी खोप प्रयोगमा ल्याइएको हो ।”
यस्तो अनमुति अन्य मुलुकहरुले पनि दिने गरेको उदाहरण पेश गर्दै उनले भने, “आपतकालीन अवस्थामा उपचार गर्नुपर्ने भएमा र ज्यान लिने खालका गम्भीर रोगका लागि अमेरिकी खाद्य र औषधि प्रशासनले पनि यस्तो अनुमोदन नगरिएको औषधि प्रयोग गर्ने गरेको छ ।”
उनले आगामी जाडो महिनामा हुनसक्ने अर्को लहरको संक्रमणबाट जोगिन र नियन्त्रणमा लिन जोखिममा रहेका समूहलाई थप पहिचान गरी खोप लगाउने तयारी गरिरहेकोसमेत जानकारी दिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।
बेलायती सञ्चारमाध्यम दी गार्जियनका अनुसार चीनले जुलाई यो खोप लगाउन सुरु गरेको जनाएको छ । गार्जियनले भनेको छ, “क्लिनिकट ट्रायलको नतिजा नआउँदै कोरोनाविरुद्धको खोप सुरु गर्ने चीन पहिलो मुलुक हो । तर, कुन खोप प्रयोग गरिएको हो वा कति जनाले यसलाई प्राप्त गरेका छन् भन्ने भन्ने बारेमा कुनै विवरणहरू दिएका छैनन् ।”
यसअघि रुसले पनि कोरोना भाइरसविरुद्धको खोप विकास भएको दाबी गर्दै आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












