चीनले सुरु गर्यो कोरोनाविरुद्धको आपतकालीन खोप
काठमाडौं । चीनले नोभेल कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको दाबी गरेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीले जुलाई २२ मा चिनियाँ कम्पनीले विकास गरेको कोभिड-१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको बताएका छन् ।
“हामीले आपतकालीन प्रयोगका लागि सुरक्षित र सुदृढ छ भन्ने यकिन गर्न श्रृंखलाबद्धरुपमा विभिन्न योजना प्याकेजहरू बनाएका छौं । जसमा मेडिकल स्वीकृति फारमहरू, साइड-इफेक्ट मोनिटरिंग, उद्धार, क्षतिपूर्ति रहेका छन्,” चिनियाँ कोरोना भाइरसविरुद्धको खोप विकास कार्यदलका प्रमुख चेङ चोङवेइले सीसीटीभीसँग भने ।
चिनियाँ खोप व्यवस्थापन कानुनअन्तर्गत उक्त खोपलाइ आपतकालीन प्रयोगका लागि अनुमति दिएको उनले बताए । उनले भने, “सीमित अवधिमा संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूमा अनुमोदन नभएका खोप प्रयोगका लागि अनुमति दिएका हौं ।”
फ्रन्टलाइनमा रहेका चिकित्सक र स्वास्थ्य कमर्चारी र निजामति कर्मचारीजस्ता विशेष समूहहरूको पहिचान गरेर खोप प्रयोगमा ल्याइएको चेङले बताएका छन् । उनले भने, ” यो कदम भनेको स्वास्थ्य संकट आउँदा पनि सामान्यरुपमा कार्य गर्न सक्छ भन्ने सुनिश्चित गर्न समूह पहिचान गरी खोप प्रयोगमा ल्याइएको हो ।”
यस्तो अनमुति अन्य मुलुकहरुले पनि दिने गरेको उदाहरण पेश गर्दै उनले भने, “आपतकालीन अवस्थामा उपचार गर्नुपर्ने भएमा र ज्यान लिने खालका गम्भीर रोगका लागि अमेरिकी खाद्य र औषधि प्रशासनले पनि यस्तो अनुमोदन नगरिएको औषधि प्रयोग गर्ने गरेको छ ।”
उनले आगामी जाडो महिनामा हुनसक्ने अर्को लहरको संक्रमणबाट जोगिन र नियन्त्रणमा लिन जोखिममा रहेका समूहलाई थप पहिचान गरी खोप लगाउने तयारी गरिरहेकोसमेत जानकारी दिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।
बेलायती सञ्चारमाध्यम दी गार्जियनका अनुसार चीनले जुलाई यो खोप लगाउन सुरु गरेको जनाएको छ । गार्जियनले भनेको छ, “क्लिनिकट ट्रायलको नतिजा नआउँदै कोरोनाविरुद्धको खोप सुरु गर्ने चीन पहिलो मुलुक हो । तर, कुन खोप प्रयोग गरिएको हो वा कति जनाले यसलाई प्राप्त गरेका छन् भन्ने भन्ने बारेमा कुनै विवरणहरू दिएका छैनन् ।”
यसअघि रुसले पनि कोरोना भाइरसविरुद्धको खोप विकास भएको दाबी गर्दै आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












