उपत्यकामा एकीकृत क्वारेन्टाइन व्यवस्थापनको तयारी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले उपत्यकामा एकीकृत क्वारेन्टाइन सञ्चालनको तयारी गरेको छ ।
बिहीबार एकीकृत क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका विषयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहितका उच्च अधिकारीले छलफल भएको हो ।
रक्षामन्त्रीको निजी सचिवालयका अनुसार उपत्यकामा एकीकृत क्वारेन्टाइनको सञ्चालन तथा व्यवस्थापनकाका निम्ति स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृह र स्वास्थ्य सचिवसँगै उपत्यकाका मेयरसँग छलफल भएको हो ।
पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार मात्र उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १३ हजारको पीसीआर परीक्षण ८८५ संक्रमित हुँदा उपत्यकामा तीन सय नाघेको हो । उपत्यकामा सोमबार २२४ जना र मंगलबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपालमा अहिले १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्। जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पाँचवटा जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। प्रवक्ता गौतमका अनुसार मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेका छन्।
यस्तै १५१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १४ जनाको भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट १७५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। बिहीबार मात्र थप ८ जनाको कोरोनाले मृत्यु भइसकेको छ । मन्त्रालयले पुष्टि गर्न बाँकी भए पनि कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












