चिनियाँ कम्पनीले तोक्यो कोभिड-१९ खोपको मूल्य, ‘डिसेम्बरदेखि बिक्री गरिने’
काठमाडौं । चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभरका मुलुकहरुले लकडाउन र कोभिड कर्फ्यु जारी गरेका छन् ।
सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डहरु बनाइएका छन् ।
चिकित्सा विज्ञहरुले खोपको सहज उपलब्धता नहुँदासम्म कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्ने चेतावनी दिइरहेका छन् । विश्वभरका शक्ति राष्ट्रहरु भने खोप पहिला कसले विकास गर्ने भन्ने प्रतिस्पर्धामा छन् । यसअघि रुसले आफूले विश्वकै पहिलो कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको थियो ।
तर, पश्चिमा शासक, चिकित्सा विज्ञ र वैज्ञानिकहरुले भने उक्त खोप सुरक्षित नभएको र खोप विकासमा सम्पूर्ण चरणका लागि अपनाउनुपर्ने मापदण्डको पालना नभएको बताएका थिए । रुसी राष्ट्रपति भलाद्मिर पुटिनले भने आफ्नो छोरीलाई उक्त खोप दिएको बताएका थिए भने स्वास्थ्य मन्त्रालयले आपतकालीन प्रयोगमा खोप आएको दाबी गरेको थियो ।
गत साता राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख चेङ चोङवेइले सीसीटीभीसँगको कुराकानीमा परीक्षणको तेस्रो चरणमा रहेको कोरोनाविरुद्धको खोप आफूले उच्च जोखिम भएका समूहलाई जुलाईदेखि नै लगाउँदै आएको दाबी गरेका थिए । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चाँडै खोप विकास गरेर कोरोना नियन्त्रण गर्न नसकेको आलोचनात्मक स्वरलाई जवाफ दिँदै आफ्नो राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने रणनीतिअनुरुप खोप विकासलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
चीन भने विश्वका अन्य मुलुकभन्दा आफूले अगाडि खोप विकास गर्ने प्रतिस्पर्धाको प्रयासमा छन् । उसले आफ्नो खोप विकासमा भइरहेको निरन्तरको प्रगतिबारे सार्वजनिक जानकारी गराउँदै आएको छ । चिनियाँ सञ्चारमाध्यमले गत साता विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् ।
विश्वभर तेस्रो चरणमा रहेको परीक्षणमा क्रममा रहेका ६ वटा खोपमध्ये तीनवटा चिनियाँ हुन् । यस चरणमा खोपको बृहत् परीक्षण आवश्यक हुन्छ । तेस्रो चरणको परीक्षणमा रहेको एउटा खोप चिनियाँ फर्मासिटिकल कम्पनी सिनोफार्मले विकास गरिरहेको खोप हो । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने विश्वसा व्यक्त गरेको छ । उसले खोप मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ । यो भनेको करिब १६ हजार ५०० नेपाली रुपैयाँ पर्छ ।
तेस्रो चरणको परीक्षणका लागि चीनले कोरोना भाइरसका बढी संक्रमित मुलुकहरुसँग समन्वय गरिरहेको छ । बृहत् परीक्षणमा सफलता प्राप्त गरेपछि मात्रै खोप सफल भएको मानिन्छ । यसका लागि चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने नसक्ने अवस्थामा छ । किनभने चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ र परीक्षणका लागि संक्रमितको संख्या निकै न्यून छ ।
हङकङ विश्वविद्यालयको पब्लिक स्कुल अफ हेल्थका प्राध्यपक बेन काउलिङले भने, “तेस्रो चरणमा रहेका सबै खोप निर्माताहरू हजारौं व्यक्तिमाथि गरिने परीक्षणका लागि कोरोना भाइरस संक्रमण उच्च भएका स्थान खोजिरहेका छन् । मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ ।”
उनले थपे, “डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन ।” सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिने उनको विश्वास छ ।
खोप कूटनीति र प्राथमिकता
चीनले खोप विकास गरेमा के गर्छ भन्ने कुरा स्पष्ट छैन । अमेरिका, बेलायतलगायत मुलुकहरुले खोप विकास भए सुरुमा आफ्ना नागरिकलाई खोप दिने बताइरहेको साउथ चाइना मर्निङ पोस्टले जनएको छ ।
चीनको कोरोना भाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा भने कोभिड-१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ ।
कोरोना नियन्त्रणका लागि चीन असफल भएको भन्दै संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकहरुले आलोचना गरिरहेका बेला चीनले आफूमाथिको आलोचनालाई कम गर्ने खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउने रणनीति लिएको जनाइएको छ ।
यसअघि चिनियाँ विदेश मन्त्रलायका प्रवक्ता हुवा चुनियाङले भनेका थिए, “चीनले खोपमा अन्य मुलुककोजस्तो एकाधिकार खोज्दैन र खोप आफू मात्रै उत्पादन गरेर आफूलाई मात्र राख्ने छैन ।”
चीनले आफूले उत्पादन गरेको खोप ‘ग्लोबल पब्लिक गुड्स’ हुने बताइरहेको छ । चिनियाँ कूटनीतिज्ञहरूले पनि नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई चीनले विकास गरेको खोपको पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
चीनले छिमेकी मुलक र अफ्रिका राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने संकेत गरेको बीबीसीले जनाएको छ ।
एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले सर्बिया र इटलीमा चीनले स्वास्थ्यसामग्री पठाएको सम्झिँदै चीनले आफ्नो प्रचारका लागि खोपको प्रयोग गर्न सक्ने बताए । खोप निर्माण गरेपछि प्राप्त हुने प्रभावकारी स्थानबाट फाइदा लिन चीनले रणनीतिक योजना बनाउने ती कूटनीतिज्ञको बुझाइ छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












