कोरोनाले नेपालमा ४९ हजार मानिसको मृत्यु हुन्छ भन्ने अनुमान शतप्रतिशत गलत : डा. पाण्डे
काठमाडाैँ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन्।
यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सयको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै उनले खण्डन गरेका छन्।
उनले भनेका छन्, ‘एउटा अध्येताका नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन।’
शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भ्रमको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरेका छन्।
‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्नेलगायत कुनै पनि तथ्यांक सही छैनन्, उनले लेखेका छन्, महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु।’
Comments
अरु समाचार
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको...
-
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको...
-
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...