विश्वमा काेराेना संक्रमितकाे संख्या साढे दुई करोड पुग्याे
काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई आक्रान्त बनाइरहेको छ।
अर्थतन्त्रसँगै मानिसकाे जीवनशैलीमा ठूलो असर परेको छ। विश्वका वैज्ञानिकहरू कोभिड-१९ विरुद्ध खोप बनाउन लागिपरेका छन्।
कतिपय खोपको क्लिनिकल ट्रायल भइरहेको छ भने कतिपय अनुसन्धानमै छन्। भ्याक्सिन पूर्णरूपमा प्रयाेग गर्न मिल्ने नबनेसम्म यो भाइरसबाट जोगिन सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजर प्रयोग गर्नेलगायतका उपाय सुुझाइएको छ।
तर, पनि विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेको बढ्यै छ।
वर्ल्डाेमिटरका अनुसार हालसम्म विश्वमा दुुई करोड ५१ लाख ५३ हजार ५६८ संक्रमित देखिएका छन्।
मृत्यु हुनेको संख्या आठ लाख ४५ हजार ९२५ रहेको छ। संक्रमितको संख्या बढेजस्तै कोरोना भाइरसबाट निको हुनेको संख्या पनि बढेको छ।
हालसम्म एक करोड ७४ लाख ९७ हजार ७३९ जना संक्रमणमुक्त भएको वर्ल्डाेमिटरले जनाएको छ।
कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन्।
अमेरिकामा ६१ लाख ३६ हजार १५५ संक्रमित देखिएका छन्। योमध्ये ३४ लाख ६ हजार ९६९ जना निको भएका छन् भने १ लाख ८६ हजार ८२५ जनाको मृत्यु भएको छ।
ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित देखिएका छन्।
यस्तै कोरोना भाइरसबाट बढी प्रभावित हुने तेस्रो देश भारत हो। यहाँ ३५ लाख ३९ हजार ७१२ संक्रमित देखिएका छन्।
Comments
अरु समाचार
-
इरानले हटायो ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध
काठमाडौं । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण...
-
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई...
-
कजाकिस्तानको अक्ताउमा ६७ जना यात्रु सवार विमान दुर्घटना
काठमडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको...
-
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता
काठमाडौं । जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको...
-
उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ
काठमाडौं । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर...
-
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार...
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको...