ललितपुरका सीडीओले भने- मत्स्येन्द्रनाथको रथयात्रा रोक्छौं
काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकाबीच सुरु भएको रातो मत्स्येन्द्रनाथको रथयात्रा रोक्ने बताएको छ ।
बिहीबार बिहान साढे ९ बजेदेखि युवाहरूले स्वतस्फूर्त रूपमा सुरु गरेको रथयात्रालाई तितरबितर बनाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
उनले भने ‘रथयात्रा, जात्रापर्व जस्तो धेरै मान्छे भेला हुने पर्व निषेध गरेकोले रथयात्रा हुन सक्दैन । हामी भिडलाई तितरबितर बनाउने तयारीमा छौं ।’ ललितपुरमा बिहीबारदेखि निषेधाज्ञा तेस्रो सातामा प्रवेश गरेको छ । गत असार १० गते बनाइएको रातो मत्स्येन्द्रनाथको रथारोहण भइसकेपछि पनि रथयात्रा भने रोकिएको थियो ।
अहिलेको रथयात्रामा सरोकारवाला निकायले भने आफूलाई जानकारी नभएको बताएका छन् । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले रथयात्रामा कसको आग्रहमा यति धेरै मान्छे जम्मा भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।
प्रमुख जिल्ला अधिकारी भट्टले आफूलाई पनि रथयात्राबारे पूर्व जानकारी नदिएको बताए ।
Comments
अरु समाचार
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...