ललितपुर पुलचोकमा रथ तान्ने र प्रहरीबीच झडप
काठमाडाैँ । निशेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्।
आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।
अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्।
लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएको छ।
प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई उनीहरूले रोक्न सकेका थिएनन्। बीच सडकमा ल्याउँदा रथ केही लच्केको देखिएको थियो।
कोरोना महामारीबीच उपस्थित यति ठूलो भीडमध्ये कतिपयले मास्क लगाएका छन् भने मास्क नलगाउनेहरू पनि थुप्रै छन्।
कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो।
‘मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमति लग्नुपर्छ। तर गुठी संस्थानले रथ तान्ने व्यवस्था नगराइदिएको र समय घर्कंदै गएकाले जनता आएर तान्न सुरू गरेका हुन्,’ रथ निर्माणका नाइके दिलकुमार बहारीले भने।
असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ।
गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।
पछिल्लाेपटक भाद्र १ गतेबाट तानिने भने पनि गुठी संस्थाकाे आदेशका कारण राेकिएकाे थियाे।
‘असोज २ देखि मलमास लाग्छ। त्यो समयमा रथ तान्न मिल्दैन। दसैंसम्म मच्छिन्द्रनाथलाई बुंगमती पुर्याउनपर्ने भएकाले हामीले निश्चित मान्छे राखेर भए पनि रथ तान्नैपर्छ,’ बाराहीले भने।
केही व्यक्तिले भने कोरोनाको समयमा सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने राय दिएका छन्।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











