रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
कोरोना संक्रमण फैलिने भन्दै भिडमा रथ तान्न नहुने भन्दै प्रहरी प्रशासनले अवरोध गरेपछि रथ तान्न उपस्थितसँग झडप भएको हो ।
कोरोना संक्रमणका कारण विभिन्न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरेका थिए । तर ललितपुरको पुल्चोकमा रथ तान्नका उपस्थित भएका सयौं सर्वसाधारण र प्रहरीबीच झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्यास प्रहारसँगै पानीका फोहोरा पनि फ्याँकेको छ ।
कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ ।
सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो (बुधबार) मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय हिजो मध्यराति सकिएको हो । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












