पुल्चोकमा प्रहरी जवानलाई सडकमा घिसार्दै लात्ती र मुक्का बर्साइयो
काठमाडौं । कोरोना भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा लत्याउँदै ललितपुरको पाटन क्षेत्रमा बिहीबार मच्छिन्द्रनाथको रथयात्रा सुरु गरियो।
बिहानैदेखि त्यस क्षेत्रमा प्रदर्शनमा उत्रिएको युवाहरुको समूहले मच्छिन्द्रनाथको रथलाई बिहान ११ बजेपछि तान्दै पुल्चोकक्षेत्रमा ल्याइपुर्याएपछि अवस्था तनावपूर्ण बनेको हो। रथ तान्न भन्दै करिब एक हजार मानिस सडकमा निस्किएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच दिउँसो एक बजेदेखि तनाव सुरु भएको थियो। पुलचोक क्षेत्रमा वाटर क्याननसहित पुगेको प्रहरीमाथि प्रदर्शनकारीले इँटा र ढुंगा बर्साए। उनीहरु त्यतिमै रोकिएनन् वाटर क्यानन तोडफोडमा उत्रिए भने एकजना ट्राफिक प्रहरी जवान सवार मोटरसाइकलमा आगो नै लगाए। उनीहरुको अराजकता त्यतिमै रोकिएन सवारी व्यवस्थापनमा खटिएका एकजना ट्राफिक प्रहरी जवान ३० वर्षीय कमल प्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरे।
भिड नियन्त्रणमा सुरक्षा यन्त्रसहित खटिएका अन्य प्रहरीको रिस उनीहरुले घिमिरेमाथि पोखे। उनलाई सडकमै चारैतिरबाट घेरेर लछारपछार पारे। कसैले लडाए, कसैले लात्ती र मुक्का बर्साए। अन्तिममा केही स्थानीय र त्यहाँ तैनाथ प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरी अल्का अस्पताल पुर्याए। कुटपिटबाट घिमिरेको टाउको, हात-खुट्टा, र ढाडमा चोट लागेको अल्का अस्पताल स्रोतले जनाएको छ। तनाव भइरहेको अवस्थामा सवारी व्यवस्थापनमा खटिएका घिमिरे मोटरसाइकलमा त्यस क्षेत्रमा पुगेका थिए। प्रदर्शनकारीले उनी सवार बा २ ब ७२४२ नम्बरको मोटरसाइकलमा आगो लगाइदिए।
मोटरसाइकल सडकमै खोसेर आगो लगाउने समूह नै उनलाई अन्धाधुन्ध कुटपिटमा उत्रिएको हो। आगजनीबाट उनी सवार मोटरसाइकल जलेको छ। जसरी पनि भीडलाई तितरबितर पार्नुपर्ने बाध्यतामा रहेको प्रहरीलाई तत्कालै त्यस क्षेत्रको सवारी डाइभर्ट गर्नु थियो। उनी त्यहाँ पुग्दा रथ कुदाउन आएको भीड प्रहरीसँगको झडपपछि मंगलबजारतर्फ भाग्ने क्रममा थियो। त्यही बेला उनी नटोलमा सवारी डाइभर्टका लागि ड्युटीमा खटिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीका अनुसार जावलाखेल, पुल्चोक र मंगलबजारबाट आइरहेका गाडीलाई अन्यत्र डाइभर्ट गर्ने जिम्मेवारीका लागि घिमिरे त्यहाँ तैनाथ थिए।
‘उनी त्यहा भीड नियन्त्रण गर्न गएका थिएनन्, ट्राफिक प्रहरीकै बर्दीमा उनी सवारीसाधन डाइभर्टका लागि खटिएका थिए’, महाशाखाका एक अधिकारीले भने, ‘तर उनीमाथि नै निर्घात कुटपिट भएको छ।’ इलाका प्रहरी कार्यालय चोप्राङ, रामेछापमा दरबन्दी भए पनि उनी ललितपुरमा कार्यरत रहेको खुलेको छ। उनी बिहीबार मंगलबजारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागबाट त्यहाँ ड्युटीका लागि पुगेका थिए। प्रदर्शनकारीले उनलाई घिसार्दै, लछारपछार पार्दै सडकमा कुटपिट गरेका थिए। महाशाखाका अनुसार यो घटनामा संलग्न कोही पनि अहलेसम्म पक्राउ परेका छैनन्।
भिडियोः
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












