पुल्चोकमा प्रहरी जवानलाई सडकमा घिसार्दै लात्ती र मुक्का बर्साइयो
काठमाडौं । कोरोना भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा लत्याउँदै ललितपुरको पाटन क्षेत्रमा बिहीबार मच्छिन्द्रनाथको रथयात्रा सुरु गरियो।
बिहानैदेखि त्यस क्षेत्रमा प्रदर्शनमा उत्रिएको युवाहरुको समूहले मच्छिन्द्रनाथको रथलाई बिहान ११ बजेपछि तान्दै पुल्चोकक्षेत्रमा ल्याइपुर्याएपछि अवस्था तनावपूर्ण बनेको हो। रथ तान्न भन्दै करिब एक हजार मानिस सडकमा निस्किएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच दिउँसो एक बजेदेखि तनाव सुरु भएको थियो। पुलचोक क्षेत्रमा वाटर क्याननसहित पुगेको प्रहरीमाथि प्रदर्शनकारीले इँटा र ढुंगा बर्साए। उनीहरु त्यतिमै रोकिएनन् वाटर क्यानन तोडफोडमा उत्रिए भने एकजना ट्राफिक प्रहरी जवान सवार मोटरसाइकलमा आगो नै लगाए। उनीहरुको अराजकता त्यतिमै रोकिएन सवारी व्यवस्थापनमा खटिएका एकजना ट्राफिक प्रहरी जवान ३० वर्षीय कमल प्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरे।
भिड नियन्त्रणमा सुरक्षा यन्त्रसहित खटिएका अन्य प्रहरीको रिस उनीहरुले घिमिरेमाथि पोखे। उनलाई सडकमै चारैतिरबाट घेरेर लछारपछार पारे। कसैले लडाए, कसैले लात्ती र मुक्का बर्साए। अन्तिममा केही स्थानीय र त्यहाँ तैनाथ प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरी अल्का अस्पताल पुर्याए। कुटपिटबाट घिमिरेको टाउको, हात-खुट्टा, र ढाडमा चोट लागेको अल्का अस्पताल स्रोतले जनाएको छ। तनाव भइरहेको अवस्थामा सवारी व्यवस्थापनमा खटिएका घिमिरे मोटरसाइकलमा त्यस क्षेत्रमा पुगेका थिए। प्रदर्शनकारीले उनी सवार बा २ ब ७२४२ नम्बरको मोटरसाइकलमा आगो लगाइदिए।
मोटरसाइकल सडकमै खोसेर आगो लगाउने समूह नै उनलाई अन्धाधुन्ध कुटपिटमा उत्रिएको हो। आगजनीबाट उनी सवार मोटरसाइकल जलेको छ। जसरी पनि भीडलाई तितरबितर पार्नुपर्ने बाध्यतामा रहेको प्रहरीलाई तत्कालै त्यस क्षेत्रको सवारी डाइभर्ट गर्नु थियो। उनी त्यहाँ पुग्दा रथ कुदाउन आएको भीड प्रहरीसँगको झडपपछि मंगलबजारतर्फ भाग्ने क्रममा थियो। त्यही बेला उनी नटोलमा सवारी डाइभर्टका लागि ड्युटीमा खटिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीका अनुसार जावलाखेल, पुल्चोक र मंगलबजारबाट आइरहेका गाडीलाई अन्यत्र डाइभर्ट गर्ने जिम्मेवारीका लागि घिमिरे त्यहाँ तैनाथ थिए।
‘उनी त्यहा भीड नियन्त्रण गर्न गएका थिएनन्, ट्राफिक प्रहरीकै बर्दीमा उनी सवारीसाधन डाइभर्टका लागि खटिएका थिए’, महाशाखाका एक अधिकारीले भने, ‘तर उनीमाथि नै निर्घात कुटपिट भएको छ।’ इलाका प्रहरी कार्यालय चोप्राङ, रामेछापमा दरबन्दी भए पनि उनी ललितपुरमा कार्यरत रहेको खुलेको छ। उनी बिहीबार मंगलबजारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागबाट त्यहाँ ड्युटीका लागि पुगेका थिए। प्रदर्शनकारीले उनलाई घिसार्दै, लछारपछार पार्दै सडकमा कुटपिट गरेका थिए। महाशाखाका अनुसार यो घटनामा संलग्न कोही पनि अहलेसम्म पक्राउ परेका छैनन्।
भिडियोः
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











