एक युवक हत्या गरी टाउको झोलामा लिएर प्रहरी कार्यालय पुगे…
काठमाडौं । ‘सर मान्छेको टाउको काटेर ल्याएको छु’।
शुक्रवार बिहान सवा १ बजेतिर जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा पुगेर एक युवकले सुरक्षामा खटिएका प्रहरीलाई भने। त्यसपछि प्रहरी नै अलमलमा परे।
कालो रंगको पछाडि भिर्ने झोला देखाउँदै युवकले टाउको नै देखाएपछि नपत्याउने कुरै भएन। त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो। युवक थिए- २६ वर्षीय राजु परियार।
‘कालो झोलामा टाउको लिएर नै आएपछि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले भने।
बिहीवार राति युवकले ६४ वर्षीय सोमबहादुर गुरुको हत्या गरेका थिए। राति उनीहरु एक पितृकर्मको कार्यक्रममा गएर फर्किने क्रममा विवाद भएपछि युवकले गुरुङ्को हत्या गरेका थिए। केही पर गएर धारिलो हतियार ल्याएर उनको टाउको काटेको प्रहरीमा मौखिक बयान दिएका छन्।
नीलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा युवकले बृद्धको हत्या गरेका थिए। ‘अहिलेसम्म धेरै कारण खुलेको छैन। उनीहरुको आपसी विवाद हुँदा हत्या भएको देखिन्छ,’ एसपी रेग्मीले भने। अहिले घटनास्थल प्रहरी पुगिसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












