विप्लव नेकपाका नेता ‘विरही’ अस्पतालबाटै पक्राउ
काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् ।
भरतपुर अस्पतालमा उपचाररत उनलाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा विरहीविरुद्ध राज्यविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतको मुद्दा भएकाले पक्राउ आदेश पालना गर्दै धनुषा पठाइएको हो । उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेपछि प्रक्राउ गरेर पठाएका हाैँ । हामीले उहाँलाई धनुषा प्रहरीलाई जिम्मा लगाइसक्यौँ ।’
चितवनको रत्ननगर– ५ घर भएका नेता विरही ढाडमा समस्या भएपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर भर्ना भएका थिए । गत २३ वैशाखमा अस्पतालबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पताल पुऱ्याएको थियो । तर, जिल्ला अदालत चितवनले शर्मालाई साधारण तारेखमा रिहा गर्न १८ जेठमा आदेश दिएको थियो ।
न्यायाधीश हेमन्त रावलको इजलासले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरि पक्राउ नगर्नसमेत आदेश दिएको थियो । अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकडसमेत नगर्न भनेको थियो ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












