ठेक्का लिएर मल नल्याउने ठेकदार कम्पनीमाथि कारबाही (पत्रसहित)
काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ कम्पनीमाथि कारबाहीको निर्णय भएको छ ।
गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।
यी दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ ।
दुबै सप्लायर्सले मल आयातका लागि १२ मेमा नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकमा प्रतिकपत्र खोलेका थिए । प्रतितपत्र खोलेको मितिले पहिलो शिपमेन्ट ४२ दिन र दोस्रो सिपमेन्ट ७२ दिनभित्र गरी सम्पूर्ण सामान भदौ ७ भित्रै शिपमेन्ट भैसक्नु पर्ने थियो । तर समयमा सामान नल्याएपछि पुनः २५ दिन म्याद थप गरिएकोमा सो मितिमा पनि शिपमेन्ट नभएको केन्द्रले जनाएको छ ।
‘सम्पूर्ण सामान डेलिभरी गरी सक्नुपर्ने म्याद ५ सेम्टेम्बर अर्थात भदौ २० सम्म रहेकामा सो मितिमा समेत कम्पनीले माग गरेको भेसल नोमिनेसन, भेसलको नाम उपलब्ध नगराएको र सामान शिप मेन्ट हुने वा भएको कुनै बस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले मिति २०७७–०५–२१ गतेको निर्णयअनुसार निज सप्तालर्यहरुले यस कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको छ’, केन्द्रले कृषि मन्त्रालयलाई जानकारी गराएको पत्रमा भनिएको छ ।
प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ । साथै ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












