पुलचोक झडप : कोरोना देखिएपछि पक्राउ परेका ७ जनालाई छाेडियो
काठमाडाैँ । रातो मत्स्येन्द्रनाथको रथ यात्राको क्रममा प्रहरीसँगको झडपपछि पक्राउ परेका थप ७ जना छुटेका छन्।
६ जनालाई कोरोना संक्रमण र अर्का एकजना पनि बिरामी भएकाले सोमबार उनीहरुलाई छाडिएको हो।
उनीहरुलाई कागज गराएर हाजिरी जमानिमा छाडिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङले बताए।
यसअघि ३ जनालाई सोधपुछपछि छाडिएको थियो। पक्राउ परेका २० मध्ये १० जना छुटेका छन्।
यीमध्ये १७ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा लगाइएको छ। पक्राउ परेका केहीको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ।
उनीहरुलाई छाड्न नेवार सामुदायले सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिएका थिए।
धर्नाका क्रममा पक्राउ परेका सबैलाई निशर्तः छाड्न माग गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले लाई बताए।
‘हामीले सीडीओ, एसएसपीलाई भेटेरै आज अनुरोध गरेका छौं, तर प्रक्रिया पु¥याउनु पर्ने होला, उहाँहरुले मिलाएर गरौंला भन्नु भएको छ’, प्रशासनसँगको छलफलपछि महर्जनले भने ।
गत बिहीबार प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रशासनले त्यसलाई रोक लगाएको थियो। त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपमा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए।
स्थानीयले एक ट्राफिक जवानलाई निर्घात कुटपिट समेत गरेका थिए। घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












