अबको दुई वर्षमा देशभर पूर्ण विद्युतीकरण हुन्छः उर्जा मन्त्री पुन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण हुने बताएका छन् ।
बुधबार रोल्पाको लिबाङमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आगामी आर्थिक वर्षमा मुलुक नै उज्यालो बनाउने लक्ष्य रहेको बताए ।
उनले देशभर विद्युतीकरणको लक्ष्यसहित कार्यसम्पादन गरिरहेको जानकारी दिए । मन्त्री पुनले यसैवर्ष प्रदेश नम्बर २, ३ र ४ लाई विद्युतीकरण गर्ने र आउँदो आर्थिक वर्षमा प्रदेश नम्बर ५, ६ र ७ लाई विद्युतीकरण गरी दुईवर्षमा मुलुकभर पूर्ण विद्युतीकरण गरिने बताए । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रमा लक्ष्यअनुसार नै प्रगति हासिल गरिरहेकाले दुईवर्षमा नेपाल पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गरे ।
विद्युतका लागि रोल्पामा ५५ करोड
ऊर्जा क्षेत्रमा नेपालले ऐतिहासिक प्रगति गरेको चर्चा गर्दै मन्त्री पुनले आफ्नो निर्वाचन क्षेत्र रोल्पामा विद्युतीकरणका लागि मात्रै ५५ करोड बजेट विनियोजन गरेको बताए । ‘गतवर्ष विनियोजित ४० करोड टेण्डर भएर पनि कार्यान्वयन प्रक्रियामा छ’ मन्त्री पुनले भने, ‘यो वर्ष १५ करोड विनियोजन गरिएकाले जम्मा ५५ करोड रोल्पामा भित्रिएको छ, यसको सदुपयोग गर्न सबैको निगरानी जरुरी छ ।’
जिल्लामा २ वर्षअघि ८ हजार ग्राहक भएकोमा अहिले २० हजार पुगेको र आउँदो दशैसम्ममा १८ हजार विद्युतका ग्राहक थपिने मन्त्री पुनले बताए । अहिले १ सय ६७ वटा विद्युत ट्रान्सफर्मर जिल्लामा आइसकेकाले त्यसको जडान हुनुवित्तिकै रोल्पा पनि पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गरे ।
ठेकेदारको हातमा शासन
बजेट विनियोजनभन्दा कार्यान्वयनको अवस्था निकै अस्तव्यस्त रहेको भन्दै मन्त्री पुनले देशको शासनसत्ता ठेकेदारले चलाएको बताए । ‘पैसा हुने, टेण्डर पनि हुने तर ठेकेदारले काम नगरिदिँदा राजनीतिक नेतृत्वले समेत तनाब भोग्नुपरेको छ’ मन्त्री पुनले भने ‘ठेकेदारले कामै नगरिदिएपछि त्यसको अपजस सत्ता सञ्चालकलाई जान्छ, नेपालमा यस्तै भइरहेको छ, त्यसैले मैले भन्दै पनि आएको छु –नेपालको शासन ठेकेदारको हातमा छ ।’
जिल्लामा आयोजित विभिन्न चार कार्यक्रमलाई सम्बोधन गर्न पूर्वसभामुख ओनसरी घर्तीसहित गृहजिल्ला रोल्पा पुगेका ऊर्जामन्त्री पुनले गृहजिल्लामै रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग समेत भेट गरेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












