भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, यातायातमा जोरबिजोर नियम
काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बिहीबार) देखि केही खुकुलो हुने भएको छ। काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए। भोलिदेखि सबै प्रकारका व्यापार-व्यवसाय सशर्त खुल्ने भएका हुन्। भदौ ४ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात र व्यापार व्यवसाय खोल्ने निर्णय भएको दाहालले बताए।
यातायातमा जोरबिजोर
भोलिदेखि काठमाडौं जिल्ला भित्र निजी तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमार्फत सञ्चालन गरिने प्रजिअ दाहालले जानकारी दिए।
‘भोलिदेखि व्यापार व्यवसाय पनि प्राय सबै खुल्नेछन् तर दिन अनुसार’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘हप्ताको दुई वा तीन दिनको तालिका मिलाइरहेका छौं। व्यापारको प्रकृति अनुसार समय पनि तोकेका छौं।’
विशेषगरी व्यापार व्यवसायलाई लक्षित गरेर निषेधाज्ञा खुकुलो बनाइएको उनले बताएका छन्। दाहालका अनुसार अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। उपत्यका छिर्ने नाकामा यसअघि झैँ कडाइ गरिनेछ। त्यसैगरी धेरै भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्।
भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, यातायातमा जोरबिजोर नियमव्यापार, व्यवसाय हप्तामा केही दिन पूरै खोल्न दिइने
सरस्वती अधिकारी
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












