अख्तियार प्रमुख घिमिरेको बिदाइ आज
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे अनिवार्य अवकास पाएर बिदा हुँदैछन् ।
आइतबार मध्यान्ह आयोगको मुख्यालय टंगालमा घिमिरेको बिदाइ कार्यक्रम राखिएको छ ।
०७५ असोज ४ मा उनि प्रमुख आयुक्त नियुक्त भएका थिए । २३ महिने कार्यकाल पूरा गरेका घिमिरेले ६५ वर्षे उमेर हदका कारण अवकास पाएका हुन् ।
३ जना आयुक्त नियुक्त हुँदै
घिमिरेको अवकास सँगै अख्तियारमा तीनजना आयुक्त नियुक्ति गर्ने तयारी छ । आयोगमा अहिले दुई आयुक्त डा. सावित्री थापा गुरुङ र डा. गणेशराज जोशी कार्यरत छन् । संविधान अनुसार आयोगमा एकजना प्रमुख आयुक्त र ४ जना आयुक्त रहने ब्यवस्था छ ।
३ जना रिक्त सिटमा आयुक्त बन्न पूर्व गृहसचिव प्रेम कुमार राई, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दीलिपकुमार रेग्मी र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दबीच प्रतिस्पर्धा छ ।
पूर्वगृहसचिव राई प्रधानमन्त्री केपी ओली निकट छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख रेग्मी र चन्दमध्ये एक जनालाई प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा आयुक्त नियुक्त गर्न लागिएको बताइएको छ ।
केही पूर्वसचिवहरु पनि आयुक्त बन्न ठुला नेतालाई लविङ गरिरहेका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको नियुक्ति हुन्छ ।
अख्तियारका आयुक्त डा. गणेशराज जोशीलाई प्रमुख आयुक्त नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । डा. जोशी प्रमुख आयुक्त नियुक्त भएमा आगामी चैतसम्म बहाल रहनेछन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












