हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजपरिवार टोली
काठमाडाैँ । हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली आज बुधबार नेपाल आइपुगेको छ।
मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन्। सो टोलीमा रहेका १८ मध्ये तीनजना बेलायती नागरिक हुन् भने बाँकी बहराइनी नागरिक हुन्।
बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
रोयल गार्ड बहराइनको सो टोली विशेष विमान मार्फत् काठमाडौं आइपुगेको हो। हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक्स हो।
सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उक्त टोली डेढ महिना बढी नेपालमै बस्ने बताएका छन्। उनले लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्ने बताएका छन्।
उनीहरु ८ हजार १६३ मिटर उचाईको मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्छन्।
जसमा नेपालका गाइडले उनीहरुलाई सहयोग गर्नेछन्।
राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो। उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फर्हराउन चाहन्छन्।
‘अहिलेको आरोहण सगरमाथा चढ्नको लागि टे«निङ जस्तै हो। मनास्लुको पिकमै पुग्नुपर्छ भन्ने छैन। सके पिकमै पुग्छन् नभए जहाँसम्म सक्छन् त्यहाँ सम्म जान्छन्। अहिले मनास्लुको ७ हजार मिटर उचाई सम्म पुगे अर्को सिजनमा सगरमाथा आरोहण गर्न पाउँछन्,’ शेर्पाले भने।
नेपालमा हिमाल आरोहण गर्ने टिमलाई बहराइन रोयल गार्डका कमाण्डर तथा बहराइन ओलम्पिक कमिटीका अध्यक्ष नासिर विन हामद अल खालिफाले विदाइ गरेका थिए।
नासिरले नेपाल आउने टिमलाई विदाई गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘रोयल गार्डको एलिट टिमलाई हिमाल आरोहणका लागि विदाइ। उनीहरुले बहराइनको झण्डा र रोयल गार्डको ब्यानर सगरमाथाको शिखरमा फहराउने मिसन पूरा गर्नेछन्। मिसनको पहिलो चरणमा केहि आरोहण यसपटक र अर्को वर्ष सगरमाथा शिखरसम्म पुग्नेछन्। अल्लाहले उनीहरुको रक्षा गरून्।’
बहराइन राजपरिवार सदस्या मोहम्मद हामद मोहम्मद अलखालिफाले हिमाल आरोहणको नेतृत्व गर्नेछन्।
बेलायती नागरिकहरु रिचार्ड वारेन म्याकनेल, फिलिप क्लो र क्रिस्टोफर एन्थोनी पनि टिमका सदस्य छन्।
उक्त टिममा बहराइनका इब्राहिम मोहम्मद अब्दुल्लाह इब्राहिम मोहम्मद, मोहम्मद अलि जासिम अहमद अल्बोइनाइन, अराफात हमुद नाजी गुर्वाह, इब्राहिम खली इब्राहिम जायेद मोहम्मद अल्जाजाफ, अहमद सइद इसा अल्काबी, आरिफ फिरोज शाह मुराद कलन्दर गुलाम, मोहम्मद अदुल रहमान युसुफ अल्कावारी, खालिद अलि हसन इब्राहिम हसन अल्दोसेरी, अब्दुलाजिज राफेया अब्बर खालिफ अलावेद, खालिद सुल्तान मोहम्मद अब्दुल्लाह अल्शिर्वाई, मुराद मोहम्मद युसुफ अब्दुल सायेद, इब्राहिम अलि सालेम जावेर, सउद हमाद मुबारक हमाद इद र मोहम्मद इसा अब्दुल्लाह युसुफ अल्क्विस छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












