मन्त्री भट्टलाई नै प्याज व्यापारीले ठगेपछि…
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे ।
उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए । मन्त्रीले प्याज किन्न खोजे तर व्यापारीले सजिलै चिने ।
उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, “हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो । त्यहाँ गएर सोध्नुस् न ।” त्यसपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे । मुखमा मास्क थियो । नजिकै सुरक्षाकर्मी पनि थिएनन् ।
मन्त्रीले प्याज किन्न गोजीबाट पैसा झिके । ४८ रुपैयाँमा मिलिरहेको प्याज मन्त्रीसँग १२० रुपैयाँसम्म व्यापारीले लिए । उनले एक पसलबाट मात्रै होइन, २/४ पसलबाट प्याज किने । मन्त्री भट्टले भने, “मैले ५०/६० किलोसम्म प्याज आफैंले खरिदें । उनीहरुले चिनेनन् । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो । मैले स्थानीय प्रहरीसँग भने समन्वय गरेको थिएँ ।”
यसअघि बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना मन्त्रीसम्म पुगेको थियो । सोही सूचनाका आधारमा आफूले छड्के अनुगमन गरेको मन्त्री भट्टले जानकारी दिए । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ ।
तर एकैपटक स्टक रहेको प्याज सकिने अवस्था नरहेको र सस्तोमा किनेको प्याज महँगोमा बेच्न थालेपछि आफू अनुगमनमा निस्किएको मन्त्री भट्टले बताए । अनुमगनका क्रममा बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












