आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने सरकारको निर्णय
काठमाडाै ।सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले निर्वाचन स्थगित भएको हल्ला आएपछि आधिकारिक पत्र प्राप्त नभ्एको बताए । उनले निर्वाचनको तयारी पुरा भइसकेको समेत जानकारी दिए । उनका अनुसार ७७ जिल्ला र ३० विभागमा १०७ निर्वाचन कार्यालय स्थापना गरी मतदातना नामवाली संकलन, मतपेटिकाको व्यवस्था लगायतका सबै काम सकिएको थियो ।
‘मतदान गर्ने बाहेकको निर्वाचनको सबै काम सकिएको थियो,’ प्रमुख निर्वाचन अधिकृत पौडेलले भने । शान्ति सुरक्षाको लागि गृहमन्त्रालयले तयारी गरिसकको थियो । अन्तिम अवस्थामा निर्वाचन स्थगित हुनु दुर्भाग्यका पूर्ण भएको कर्मचारीहरु बताउँछन् ।
‘यस्तो बेला कि सुरुमै निर्वाचनको घोषणा गर्नु हुँदैथ्यो, जुनसुकै बहानामा स्थगित भएको भएपनि यो दुभाग्र्य हो, एक कर्मचारीले भने, ‘यो सरकारकै असफलता हो, कर्मचारीको चुनाव घोषणा गरेर गर्न नसक्ने कस्तो सरकार ?’
नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निर्वाचन स्थगनका माग गर्दै आएका थिए । मञ्चले सर्वोच्च अदालतमा स्थगनको माग गर्दै मुद्दा समेत दायर गरेको छ । प्रदेश २ मुख्य मन्त्री लालबाबु राउत संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्थगनको लागि पत्र नै पाएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












