काठमाडौंका सबै प्रहरीलाई मानवअधिकार रक्षाको कक्षा
काठमाडौं । पछिल्ला केही घटनामा दमन गरेको भन्दै आलोचित भएपछि काठमाडौं उपत्यकाका सबै प्रहरी कर्मचारीलाई मानवअधिकारबारे प्रशिक्षण दिन सुरु गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणका लागि एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली खटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।
उनका अनुसार नागरिक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिन सुरु गरिएको छ । पहिलो दिनको प्रशिक्षण प्रहरी वृत नयाँबानेश्वरबाट सुरु गरिएको छ । डीआईजी पोखरेलले भने,“कोरोना संक्रमणको जोखिममा ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मानसिक समस्या देखिन थालेका छन् । यस्तोमा उनीहरुलाई कसरी तनाव व्यवस्थापन गर्ने,पूर्ण व्यावसायीकताका साथ काम गर्ने भन्नेबारे पनि सिकाउँछौं ।”
केही दिनअघि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्तिको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । कुटपिटपछि प्रहरीको व्यापक आलोचना भइरहेको छ ।
डीआईजी पोखरेलले नागरिक र प्रहरीबिचको सम्बन्ध सदैव सकारात्मक हुनुपर्ने बताए । काठमाडौंका विभिन्न स्थानमा प्रहरीले गरेको दमनको विरोध भएपछि छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












