आजको राशिफलः कुन – कुन राशिका लागि लाभदायी ?
वि.सं.२०७७ साल असोज १० गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–दशमी,३९ घडी ४५ पला,बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा,४२ घडी ५५ पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त श्रवण । योग–अतिगण्ड,४५ घडी ४९ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,बिहान १० बजेर ०३ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान ३० घडी ५८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्,ध्यान दिनुहोला । तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिस्पर्धामा अरुनै हावी हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरीने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरे अनुशार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धीत कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सबल हुनाले उपलव्धी मुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरीएको लगानीबाट भनजस्तो नतिजा आउँने हुदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगती गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने दिदि बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तीको योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्राका क्रममा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउँनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । नोकरी तथा बिद्यामा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धाहरु बलिया हुन सक्छन ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगती हुनेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिदेशबाट सञ्चालित सस्थामा काम पाउने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुनेहुँदा परिणाम मुखि काम गरी समाजमा नाम कमाउन सकिनेछ । पढाइ लेखाइ मा सुधार भएर जानेछ भने प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।
तपाईको दिन शुभ रहोस् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












