विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगन
काठमाडाैँ । कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको विराटनगरमा संचालन गर्ने तय गरिएको कक्षा ११ को परीक्षा स्थगन भएको छ ।
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुमा परीक्षा संचालन गर्ने भन्दै परीक्षाको तालिका नै सार्वजनिक गरिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले परीक्षा नगर्ने निश्कर्ष निकालेको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले परीक्षा स्थगनको निर्णय भने जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले गर्ने जानकारी दिएका छन् । सोमबार भएको छलफलको निश्कर्ष अहिलेको कोरोना माहामारीको विषम परिस्थितिमा परीक्षा उपयुक्त नभएको सुनाए ।
उच्च माविहरुले चाडबाडको बेला शुल्क अशुल्ने अभिप्रायले नै परीक्षा लिन खोजेको भन्दै यसको चर्को आलोचना भएको थियो । महानगर क्षेत्रभित्रका उच्च माविहरुमा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्मको लागि परीक्षाको तालिका सार्वजनिक गरिएको थियो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर विद्यार्थीको मनोभावना अनुसार नै परीक्षा लिने तयारीमा रहेको दाबी गरे ।
अभिभावकहरुले भने जर्बजस्ती र छलफलबिनै परीक्षाको तालिका सार्वजनिक गरिएकोले आफ्ना छोराछोरी सहभागी गराउन र शुल्क तिर्न नसक्ने भन्दै विरोध गरेका थिए । विद्यार्थीेले समेत विरोध जनाएपछि यो निर्णयबाट पछि हट्न महानगर बाध्य भएको जनाइएको छ ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











