ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने चार पक्राउ
काठमाडाैँ । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ।
ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ।
यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ।
सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो।
तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताए।
‘ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरेका हौँ’ बोहोराले भने ‘अनुसन्धान जारी छ, दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ।
उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै आइरहेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












