‘ट्याक्स डिफल्टर’ लाई मुख्यसचिव बनाउदै सरकार
काठमाडाैँ । सरकारले आय कर छली गर्ने व्यक्तिलाई मुख्यसचिव बनाउन लागेको छ ।
अहिले नेपाल सरकारको सचिवका रुपमा परराष्ट्र मन्त्रालयमा कार्यरत शंकरदास बैरागी विदेशस्थित नियोगमा कार्यरत रहँदा वैदेशिक भत्ताको २५ प्रतिशतमा लाग्ने पारिश्रमिक कर नतिरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा अहिले पनि सुरक्षित छ ।
बैरागीमात्र हैनन्, परराष्ट्र सेवाका अरु कर्मचारीले पनि सरकारलाई कर नतिर्ने सिण्डिकेट चलाउँदै आएका छन् ।
विदेशस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत राजदूतदेखि कार्यालय सहयोगीसम्म कर नतिर्ने मामिलामा बद्नाम छन् ।
‘ट्याक्स डिफल्टर’ लाई मुख्यसचिव बनाउँदा कर्मचारीको मनोबल, प्रशासनिक स्वच्छता, तटस्थता र निष्पक्षताका नारा सबै खत्तम हुने एक पूर्वमुख्यसचिवको ठहर छ ।
मन्त्रिपरिषद् पुनर्गठनअघि नै उनलाई मुख्यसचिव बनाउने मनस्थितिमा प्रधानमन्त्री रहनुभएको स्रोतले जनाएको छ ।
महालेखा प्रतिवेदनअनुसार विभिन्न ३७ वटा नियोगमा कार्यरत कर्मचारीको आर्थिक वर्ष २०७३/७४ देखि २०६४/६५ सम्म दश वर्षको अवधिमा रहेको वैदेशिक भत्तामा लाग्ने पारिश्रमिक कर बक्यौता छ ।
परराष्ट्र सचिव रहेका बैरागी सचिवमा बढुवा हुनुअघि (सहसचिव हुँदा) संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिध (राजदूत) थिए । बैरागीले त्यसअघि अष्ट्रेलियाको दूतावासमा उपप्रमुख भएर काम गरेका थिए ।
महालेखा प्रतिवेदनअनुसार, उनको नाममा करिब १५ लाख कर बक्यौता छ ।
सरकारलाई कर तिर्न बाँकी रहेको व्यक्ति (डिफल्टर डिप्लोम्याट्स) लाई सचिव हुँदै मुख्य सचिवजस्तो प्रशासनिक क्षेत्रको सर्वोच्च पदमा लगिन लागेपछि अर्थ मन्त्रालयका अधिकारीहरु अचम्मित छन् ।
महालेखाको प्रतिवेदनमा उनले नेतृत्व गरेको नियोग जेनेभाको करिब एक करोड कर बक्यौता रहेको छ भने उपप्रमुख भएर बसेको नेपाली दूतावास अष्ट्रेलियाको ५२ लाख बक्यौता छ ।
यदि खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्नेहरुको बक्यौता देखियो भने त्यस्ता व्यक्तिलाई लोकसेवा आयोगले अन्तर्वार्तामा अनुत्तीर्ण गर्ने नीति नै बनाएको छ । तर, कर छलेर सरकारी अभिलेखमा नामै दर्ज भएका व्यक्तिलाई सरकारले मुख्यसचिव नै बनाउने भएको छ ।
‘कि त लोकसेवाको नीति राज्यको नीति हैन भन्नुपर्छ, हो भने त्यस्ता व्यक्तिलाई मुख्यसचिव बनाएर कर्मचारीतन्त्रको स्वच्छता र पारदर्शीतामाथि खेलबाड गर्न पाइन्न’, आयोगका एक सदस्यले जनआस्थालाई बताए ।
आयकर ऐन– २०५८ को दफा ११९ मा कर तिर्नुपर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले ब्याज लाग्ने उल्लेख छ ।
तर, त्यस्ता व्यक्ति नै देशको मुख्यसचिव हुने लाइनमा छन् ।
बैरागीले सचिवको हैसियतमा विदेश यात्रा गर्दा इकोनोमिक क्लासको प्लेन टिकट सुविधा पाउनेमा विजनेस क्लासको टिकट प्रयोग गर्ने गरेको मन्त्रालयस्रोतले जनाएको छ ।
तर, टिकट अनियमितताबारे महालेखाको प्रतिवेदनबाट बच्न उनले अनेकन चलखेल गरे ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












