जनकपुर रेल : व्यवसाय फस्टाउने आस
काठमाडाैँ । कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार–व्यवसाय खस्किँदै गयो। रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आशावादी देखिन्छन्। भारतको जयनगरबाट धनुषाको जनकपुरसम्म चल्ने रेलसेवा पुनः व्यापार–व्यवसायको प्रमुख करिडोर बन्नेमा आफूहरू आशावादी रहेको कपडा व्यापारी अमित पाठक बताउँछन्। अहिले भारतबाट किनेर नेपालसम्म ल्याउँदा ढुवानी महँगो हुने तथा यहाँसम्म आइपुग्न महिनौं लाग्ने समस्याबाट छुटकारा मिल्ने उनको कथन छ।
ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ। ‘हाम्रो चौपट भएको व्यापारमा रेलले पुनः हाम्रो दिन फर्किने आशा जगाएको छ’, अमित पाठक भन्छन्, ‘यहाँबाट धेरै उद्योगी–व्यापारी व्यापार–व्यवसायमा उभो नलागेपछि भारत पलायन भए, हामी जेनतेन धानीरहेका छौंं, रेलले मालसमान ढुवानी ५० प्रतिशत सस्तो र सुलभ हुने भएपछि व्यापार फस्टाउने आशा छ’, उनले भने। व्यवसाय खस्किँदै र भाडादर महँगो हुँदै गएपछि ऋणको दबाब थेग्न नसकेर उद्योगी–व्यवसायी पलायन हुन बाध्य भएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा) बताउँछन्। ‘रेल आएपछि व्यवसायीमा आशा जागेको छ, यसले जनकपुरमा किनमेल गर्न आउनेको संख्यामा वृद्धि हुनेछ। रेलमार्गबाट मालसमान ढुवानी र भारतीय मानिसको चाप बढ्ने हुँदा व्यापार–व्यवसाय फस्टाउनेमा म आशावादी छु’, उनले भने।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












