जनकपुर रेल : व्यवसाय फस्टाउने आस
काठमाडाैँ । कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार–व्यवसाय खस्किँदै गयो। रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आशावादी देखिन्छन्। भारतको जयनगरबाट धनुषाको जनकपुरसम्म चल्ने रेलसेवा पुनः व्यापार–व्यवसायको प्रमुख करिडोर बन्नेमा आफूहरू आशावादी रहेको कपडा व्यापारी अमित पाठक बताउँछन्। अहिले भारतबाट किनेर नेपालसम्म ल्याउँदा ढुवानी महँगो हुने तथा यहाँसम्म आइपुग्न महिनौं लाग्ने समस्याबाट छुटकारा मिल्ने उनको कथन छ।
ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ। ‘हाम्रो चौपट भएको व्यापारमा रेलले पुनः हाम्रो दिन फर्किने आशा जगाएको छ’, अमित पाठक भन्छन्, ‘यहाँबाट धेरै उद्योगी–व्यापारी व्यापार–व्यवसायमा उभो नलागेपछि भारत पलायन भए, हामी जेनतेन धानीरहेका छौंं, रेलले मालसमान ढुवानी ५० प्रतिशत सस्तो र सुलभ हुने भएपछि व्यापार फस्टाउने आशा छ’, उनले भने। व्यवसाय खस्किँदै र भाडादर महँगो हुँदै गएपछि ऋणको दबाब थेग्न नसकेर उद्योगी–व्यवसायी पलायन हुन बाध्य भएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा) बताउँछन्। ‘रेल आएपछि व्यवसायीमा आशा जागेको छ, यसले जनकपुरमा किनमेल गर्न आउनेको संख्यामा वृद्धि हुनेछ। रेलमार्गबाट मालसमान ढुवानी र भारतीय मानिसको चाप बढ्ने हुँदा व्यापार–व्यवसाय फस्टाउनेमा म आशावादी छु’, उनले भने।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











