ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगियो
काठमाडाैँ । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ।
उनलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।
आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।
मास्क र सुट लगाएका ट्रम्पले सो क्रममा त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै कुरा गरेनन्।
‘मेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौं’, ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले भनेका छन्।
सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन्।
ट्रम्पको स्वास्थ्यका बारेमा निकट जानकारी राख्ने श्रोतले ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको जानकारी दिएको छ। ह्वाइट हाउसका चिकित्सक शन पिङ कोन्लीले ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ।
उनी थकित भएपनि उच्च मनोबलमा रहेको उनको भनाइ छ।
ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्थाले राष्ट्रपति चुनावबाट डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई पराजित गर्दै पुनः अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुने दाउमा रहेका रिपब्लिक उम्मदवार ट्रम्पलाई नोभेम्बर ३ को निर्वाचन अगाडि झट्का दिएको रोयटर्सले जनाएको छ।
महामारी सुरू भएपछि नै कोरोना संक्रमणलाई खासै महत्व नदिएका ट्रम्पले शुक्रबार पत्नीसहित आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेका थिए।
कोरोना कारण अमेरिकामा हालसम्म २ लाख बढी मानिसको मृत्यु हुनुका साथै अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।
ट्विटरमा निक्कै सक्रिय रहने ट्रम्पले संक्रमित भएयता एउटा छोटो भिडिओबाहेक अरू केही पोस्ट गरेका छैनन्।
उमेर र तौलका कारण पनि ट्रम्पलाई संक्रमणबाट ठूलो खतरा छ। अफिसमा रहँदा राम्रो स्वास्थ्य अवस्थामा देखिएपनि उनी नियमित व्यायाम र स्वस्थ्य भोजनलाई अनुसरण नगर्नेमा पर्छन्।
ह्वाइट हाउसका चिकित्सक कोन्लीले ट्रम्पलाई कोरोनाको परीक्षणात्मक उपचार गरिराखिएको बताए।
परीक्षणका क्रममा रहेको औषधिसँगै ट्रम्पले जिङक, भिटामिन डि, फोमाटिडिन, मेलाटोनिन र एसप्रिन लिइराखेका छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












