कुर्सी फुटाउने सांसदलाई कांग्रेसले कारवाही गर्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको छ।
साथै कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ।
प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए।
उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए। कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड गर्ने कार्यलाई छिटपुट भनेर नछोप्ने स्पष्ट पारेका छन्।
‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो। यसलाई परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ प्रवक्ता शर्माले भने, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं।’
कांग्रेसका प्रदश ५ का चार सांसदले कुर्सी टेबलमा बजार्ने, रोष्टमतिर फाल्ने र माइक पनि तोडफोड गरेका थिए। प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन् भने अर्की एक महिला सांसदले बोल्ने माइक पनि तोडफोड गरेकी थिइन्।
सामाजिक सञ्जालमा तत्कालीन नेकपा माओवादीका सांसदहरुले अर्थमन्त्रीलाई प्रतिनिधिसभामा बजेट पेश गर्नेक्रममा कुर्सी तोडफोड गर्नुका साथै मन्त्रीको हातबाट बजेटको ब्रिफकेस खोस्न खोजेको घटनासँग तुलना गर्दै कांग्रेसको तीब्र आलोचना गरेका छन्। लोकतान्त्रिक पार्टीका सांसदहरुले गरेको हर्कतले कांग्रेसको मात्र नभएर लोकतन्त्रकै खिल्ली उडाएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताको छ।
कांग्रेस प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक बनाउने कांग्रेसका सांसदलाई अराजक बन्न छुट नभएको बताएका छन्। ‘कुर्सी तोडफोड गर्ने, रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ उनले स्पष्ट पारे।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











