२५ करोडको अखाद्य वस्तु बचाउन उच्च घरानियाँहरू दौडधुपमा
काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् ।
ती व्यापारीले कानुनी शासनलाई नै चुनौती दिँदै अखाद्य वस्तुलाई खाद्य वस्तुकै हैसियत प्रदान गराउने गरी चलखेल अघि बढाएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जानकारी दिएको छ ।
महानगरीय अपराध महाशाखाको पहलमा केही दिनदेखि प्रहरीले राजधानीका विभिन्न स्थानबाट अखाद्य वस्तु बरामद गर्दै आएको छ । अपराध महाशाखाको लामो अनुसन्धान र प्रयासपछि प्रहरीले पछिल्लो हप्ता मात्रै ‘डेट एक्सपायर’ भएका २५ करोड मूल्य बराबरका अखाद्य वस्तु बरामद गरी गोदाम सिलसमेत गरेको छ ।
– थप अखाद्य वस्तु राताराता जिल्ला पठाउने तयारी
– मन्त्रालाय तथा विभागलाई प्रभावमा पार्ने प्रयास
– अखाद्य वस्तु नष्ट गर्न विभागको ढिलाइ
– मुद्दालाई कमजोर बनाउन लबिङ
त्यसरी बरामद भएका अखाद्य वस्तुमा ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुसलगायत छन् । तर, व्यापारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रालयअन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरूलाई प्रभावमा पारी ती अखाद्य वस्तुहरू छुटाउने दौडधुपलाई तीव्रता दिएका हुन् । काठमाडौं प्रशासन स्रोतका अनुसार अहिले पनि कतिपय अखाद्य वस्तु राजधानीबाट बाहिरी जिल्लामा पठाउने तयारी भइरहेको भन्ने सूचनासमेत प्राप्त भएको छ ।
प्रहरीको अपराध महाशाखाले त्यसरी बरामद गरेका अखाद्य वस्तु र त्यसको कारोबार गर्नेहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मुद्दा चल्ने बताएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पनि सो ऐनअनुसार नै वाणिज्य विभागले मुद्दा चलाउनुपर्ने राय दिएकाले यससम्बन्धी सम्पूर्ण जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाएको छ ।
सो ऐनअनुसार यस्तो कारोबार गर्नेलाई ५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिमाना हुने व्यवस्था छ भने त्यस्ता सबै सामान नष्ट गर्नुपर्ने कानुनी प्रावधान छ ।
तर, विभागले बरामद भएका अखाद्य वस्तुलाई नष्ट गर्ने सम्बन्धमा पहल नगर्नुलाई आश्चर्यका रूपमा हेरिएको छ । स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उच्च पदस्थहरूको दबाबमा विभागले स्वतन्त्रतापूर्वक काम गर्न पाएको छैन । अखाद्य वस्तुको कारोबार गर्नेहरूले ती वस्तुहरूलाई बचाउन उद्योग राज्यमन्त्रीमार्फत चलखेल अघि बढाएको मन्त्रालय उच्च स्रोतले जानकारी दियो ।
‘बरामद भएका वस्तुहरू छिटोभन्दा छिटो नष्ट गर्नुपर्छ तर ढिलाइ हुनुले शंका जन्माएको छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडांैका एक अधिकृतले भने ।
ती अधिकृतले विभागमार्फत मुद्दालाई कमजोर बनाउन विभिन्न खाले लबिङ भइरहेको दाबी गरे । सिल गरेर राखिएका अखाद्य वस्तुलाई कानुनका विभिन्न छिद्र प्रयोग गरी प्रयोगमा ल्याउन सकिने उपायको खोजीमा केही व्यापारीहरू लागिपरेको बताइएको छ ।
प्रहरीले गत आइतबार मात्रै करिब १४ सय प्रकारका अखाद्य वस्तु बरामद गरेको थियो । त्यसरी बरामद गरिएका सबै सामान म्याद सकिएको भए पनि पुरानो डेट मेटेर नयाँ डेटसहित लेबलिङ गरेर राखिएको थियो । त्यसरी सडेका २५ करोड मूल्य बराबरको वस्तु बजारमा पठाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले आफूहरूले डेट एक्सपायर वस्तुहरू बरामद गरी सिल गरे पनि वाणिज्य विभागको निर्णयबिना ती सामानहरू नष्ट गर्न नसकिने अवस्था रहेको बताए । कानुनतः वाणिज्य विभागले निर्णय गरेपछि मात्रै ती वस्तु नष्ट गरिने भएकाले आफूहरू वाणिज्य विभागको निर्णय कुरेर बसको एसएसपी थापाले जानकारी दिए ।
कानुनत मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने खालका ती सबै अखाद्य वस्तुहरू नष्ट गर्नुपर्ने हुन्छ तर नष्ट गर्न ढिलाइ गरिएपछि सर्वसाधारण आक्रोशित छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












