२५ करोडको अखाद्य वस्तु बचाउन उच्च घरानियाँहरू दौडधुपमा
काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् ।
ती व्यापारीले कानुनी शासनलाई नै चुनौती दिँदै अखाद्य वस्तुलाई खाद्य वस्तुकै हैसियत प्रदान गराउने गरी चलखेल अघि बढाएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जानकारी दिएको छ ।
महानगरीय अपराध महाशाखाको पहलमा केही दिनदेखि प्रहरीले राजधानीका विभिन्न स्थानबाट अखाद्य वस्तु बरामद गर्दै आएको छ । अपराध महाशाखाको लामो अनुसन्धान र प्रयासपछि प्रहरीले पछिल्लो हप्ता मात्रै ‘डेट एक्सपायर’ भएका २५ करोड मूल्य बराबरका अखाद्य वस्तु बरामद गरी गोदाम सिलसमेत गरेको छ ।
– थप अखाद्य वस्तु राताराता जिल्ला पठाउने तयारी
– मन्त्रालाय तथा विभागलाई प्रभावमा पार्ने प्रयास
– अखाद्य वस्तु नष्ट गर्न विभागको ढिलाइ
– मुद्दालाई कमजोर बनाउन लबिङ
त्यसरी बरामद भएका अखाद्य वस्तुमा ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुसलगायत छन् । तर, व्यापारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रालयअन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरूलाई प्रभावमा पारी ती अखाद्य वस्तुहरू छुटाउने दौडधुपलाई तीव्रता दिएका हुन् । काठमाडौं प्रशासन स्रोतका अनुसार अहिले पनि कतिपय अखाद्य वस्तु राजधानीबाट बाहिरी जिल्लामा पठाउने तयारी भइरहेको भन्ने सूचनासमेत प्राप्त भएको छ ।
प्रहरीको अपराध महाशाखाले त्यसरी बरामद गरेका अखाद्य वस्तु र त्यसको कारोबार गर्नेहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मुद्दा चल्ने बताएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पनि सो ऐनअनुसार नै वाणिज्य विभागले मुद्दा चलाउनुपर्ने राय दिएकाले यससम्बन्धी सम्पूर्ण जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाएको छ ।
सो ऐनअनुसार यस्तो कारोबार गर्नेलाई ५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिमाना हुने व्यवस्था छ भने त्यस्ता सबै सामान नष्ट गर्नुपर्ने कानुनी प्रावधान छ ।
तर, विभागले बरामद भएका अखाद्य वस्तुलाई नष्ट गर्ने सम्बन्धमा पहल नगर्नुलाई आश्चर्यका रूपमा हेरिएको छ । स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उच्च पदस्थहरूको दबाबमा विभागले स्वतन्त्रतापूर्वक काम गर्न पाएको छैन । अखाद्य वस्तुको कारोबार गर्नेहरूले ती वस्तुहरूलाई बचाउन उद्योग राज्यमन्त्रीमार्फत चलखेल अघि बढाएको मन्त्रालय उच्च स्रोतले जानकारी दियो ।
‘बरामद भएका वस्तुहरू छिटोभन्दा छिटो नष्ट गर्नुपर्छ तर ढिलाइ हुनुले शंका जन्माएको छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडांैका एक अधिकृतले भने ।
ती अधिकृतले विभागमार्फत मुद्दालाई कमजोर बनाउन विभिन्न खाले लबिङ भइरहेको दाबी गरे । सिल गरेर राखिएका अखाद्य वस्तुलाई कानुनका विभिन्न छिद्र प्रयोग गरी प्रयोगमा ल्याउन सकिने उपायको खोजीमा केही व्यापारीहरू लागिपरेको बताइएको छ ।
प्रहरीले गत आइतबार मात्रै करिब १४ सय प्रकारका अखाद्य वस्तु बरामद गरेको थियो । त्यसरी बरामद गरिएका सबै सामान म्याद सकिएको भए पनि पुरानो डेट मेटेर नयाँ डेटसहित लेबलिङ गरेर राखिएको थियो । त्यसरी सडेका २५ करोड मूल्य बराबरको वस्तु बजारमा पठाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले आफूहरूले डेट एक्सपायर वस्तुहरू बरामद गरी सिल गरे पनि वाणिज्य विभागको निर्णयबिना ती सामानहरू नष्ट गर्न नसकिने अवस्था रहेको बताए । कानुनतः वाणिज्य विभागले निर्णय गरेपछि मात्रै ती वस्तु नष्ट गरिने भएकाले आफूहरू वाणिज्य विभागको निर्णय कुरेर बसको एसएसपी थापाले जानकारी दिए ।
कानुनत मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने खालका ती सबै अखाद्य वस्तुहरू नष्ट गर्नुपर्ने हुन्छ तर नष्ट गर्न ढिलाइ गरिएपछि सर्वसाधारण आक्रोशित छ ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












