ट्विटरले लुकाएको ट्रम्पको गलत पोस्ट फेसबुकले पनि डिलिट गर्यो
एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ सम्बन्धी लेखेको पोस्टलाई ट्विटरले लुकाइदिएको छ भने फेसबुकले पनि डिलिट गरिदिएको छ । सो पोस्टमा उनले कोरोना भाइरस फ्लुभन्दा धेरै कम हानिकारक हुने दाबी गरेका थिए । जुन गलत थियो ।
कोरोना पोजेटिभ देखिएपछि ट्रम्पले उपचारका क्रममा तीन दिन अस्पतालमा बिताए । र सोमबार नै विवादास्पद रुपमा ह्वाइटहाउस फर्कने निर्णय गरेका थिए । यसबीच उनले आफ्नो पोस्टमा यस्तो लेखेका हुन्, “अमेरिकाले यसअघि नै फ्लु सिजनमा फ्लुसँगै बाँच्न सिकिसकेको छ । र त्यसैगरी हामी अहिले कोभिडसँग पनि बाँच्न सिक्दैछौँ जुन प्रायः जनसङ्ख्यामा एकदम कम हानिकारक छ ।”
उनको यही पोस्ट ट्विटरले सम्भावित जोखिमपूर्ण अनि गलत जानकारी फैलाउन खोजिएको भन्ने चेतावनी सहित लुकाइदिएको छ । प्रयोगकर्ताहरुले सो पोस्ट पढ्नका लागि त्यो चेतावनीपूर्ण म्यासेजमा क्लिक गर्नुपर्ने हुन्छ ।
यता फेसबुकका पोलिसी म्यानेजर एन्डी स्टोनले पनि आफूहरुले कोभिडको गम्भीरता सम्बन्धी गलत सूचना प्रवाह गर्ने किसिमका पोस्टहरु सधैँ हटाउने गरेकाले ट्रम्पको उक्त पोस्ट पनि डिलिट गरिसकेको बताएका छन् ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोभिड–१९ को मृत्यदर सटिक सङ्ख्यामा थाहा भइसकेको छैन तर यो फ्लुभन्दा १० प्रतिशत वा अझ बढी गुणाले हानिकारक छ । यसरी फेसबुकले राष्ट्रपति ट्रम्पको पोस्ट डिलिट गर्नुपरेको यो दोस्रोपटक हो । ट्विटरले भने उनलाई बारम्बार यस किसिमको चेतावनी दिने गरेको छ । धेरैचोटी पोस्ट डिलिट पनि गरिसकेको छ । दुवै सामाजिक संजाल प्लेटफर्मले भाइरस सम्बन्धी गलत सूचना प्रवाहलाई कदापी नसहने यसअघि नै प्रतिज्ञा गरिसकेका छन् ।
तर अर्कोतर्फ बारम्बार सचेत गराइरहँदा समेत ट्रम्पले उल्टै यी कम्पनीहरुको नीतिलाई नै गलत ठहर्याउने गरेका छन् । गत मे मा पहिलोपटक ट्विटरले उनको पोस्टमाथि चेतावनीपूर्ण संकेत राखिदिएपछि ट्रम्पले धारा २३० सम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए । यो नियम अन्र्तगत सामाजिक संजालले आफ्ना प्रयोगकर्ताहरु द्वारा पोस्ट गरिएका सामग्रीको जिम्मेवारी लिँदैन भनिएको छ । तर, हिंसात्मक अनि अपमानजनक कन्टेट चाहिँ ब्लक गर्न पाउँछ । यस्तोमा ट्रम्पले कोभिड सम्बन्धी उनका पोस्ट फेरि पनि डिलिट गरिएकामा ‘रिपिल सेक्सन २३०” भनेर प्रतिक्रिया दिएका हुन् ।
ट्विटर र फेसबुक दुवै कम्पनी लामो समयदेखि नै ट्रम्पका आपत्तिजनक पोस्टहरुबारे गम्भीर कदम उठाउन दबाबमा रहँदै आएका छन् । ट्रम्पले यसअघि कोभिडबारे लेखेको ‘यससँग डराउनु हुँदैन’ भन्ने पोस्टले पनि यतिबेला विभिन्न किसिमका आधारविहिन अफवाह फैल्याउन सुरु गराइसकेको बताइएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












