पुथाउत्तरगंगा गाउँपालिका नम्बर १ का वडा सदस्य पुनको निधन
तत्कालीन माओवादीका संस्थापक सदस्य क गोविन्डको निधन
रुकुम- पूर्ब । (रुकुम –पूर्व) मा एक जना वडा सदस्यको अकस्मात निधन भएको छ ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मैकोटका वडा सदस्य नन्दजित पुन –गोविन्ड) को गएराती ६८ वर्षको उमेरमा निधन भएको हो ।
पहिले स्वास्थ्य अवस्था राम्रै रहेको वडा सदस्य पुनको आकस्मीक रुपमा परेको तीन दिनको बिमारीले ज्यान गएको पारिवारीक स्रोतले जनाएको छ । यहि असोजको २१ गतेबाट एक्कासी बिरामी परेका वडा सदस्य पुनको गएराती आफ्नै घरमा निधन भएको हो ।
२१ गतेबाट नै हल्का ज्वरो आउनुका साथै पखला र बान्ता हुने समस्या देखिएको थियो भने कम्मरभन्दा तलको भाग नचल्ने र पिसाव समेत बन्द भएको वडा सहायक समेत रहेका उनका छोरा दलबहादुर पुनले बताए ।
अकस्मात बिरामी परेका उनलाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
जिल्ला अस्पताल टाढा भएको र नजिकै गुणस्तरीय स्वास्थ्य सेवा सहितको स्वास्थ्य संस्था नभएपछि उनलाई आज शनिबार उपचारको लागि हेलिकप्टरमार्फत काठमान्डौ लैजाने तयारी भइरहेको थियो । तर उनको गएराती नै निधन भएको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन ।
उनका तत्कालीन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । पुन साविक मैकोट गाविसको तत्कालीन माओवादी –मशाल) को संस्थापक सदस्यसमेत हुन।।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











