नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ बन्ने
काठमाडाैँ । नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा ‘नेपाल गेट’ बनाउने भएको हो । नेपाल प्रवेश गर्दा पहिचानका लागि भीमदत्त नगरपालिकाले त्रिदेशीय नाकाको उक्त बिन्दुमा आधुनिक गेट बनाउने लागेको छ ।
गेट निर्माणका लागि सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले दुई पास भएको गेट निर्माणका लागि अस्मिता विल्ड्रर्स प्रालिसँग ६२ लाख लागतमा गेट निर्माण गर्ने सम्झौता भएको बताए ।
‘गेटको दायाँबायाँबाट पास हुन्छ, ‘इन्जिनियर ऐरले भने, ‘आउँदो माघ मसान्तसम्ममा गेट निर्माण कार्य सकिन्छ ।’ गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोक संस्कृति झल्किने प्रतिक राखिने छन् । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भारत चिनको त्रिद्देशीय नाका गड्डाचौकी नेपाल प्रवेशद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनताको मर्म अनुरुप भएको बताए ।
महाकाली नदीमा पुल निर्माणसंगै भारत जोड्ने र गड्डाचौकी, बम्हदेब हुँदै चीन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेश बिन्दुमा गेट निर्माण कार्य नेपाली स्वाभिमान र पाहुनालाई स्वागतका लागि भएको मेयर विष्टले बताए । ‘कामका लागि हाम्रा नेपाली दाजुभाई दिदिबहिनी भारत गएका छन, ‘मेयर विष्टले भने, ‘फर्किदा गेट देखेर मातृभूमी पुगेको आभास होस ।’
विदेशी पाहुनालाई नेपाल प्रवेश गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतिक र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुनेछ । ‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ, ‘मेयर विष्टले भने, ‘स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एवं विदाई गर्ने गेट हुनेछ ।’
गत आर्थिक वर्ष २०७६/०७७ मा भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेश क्षेत्र गड्डाचौकीमा ७७ फिट अग्लो नेपालको झण्डा स्थापना गरेको थियो । जनमत र चुनावी प्रतिबद्धता अनुरुप गेट निर्माण कार्य अघि बढाएएको मेयर विष्टले बताए । पश्चिम नेपालको गड्डाचौकी नाका भारतको राजधानी दिल्लीसंगको सबैभन्दा नजिकको नाका हो ।
गड्डाचौकीदेखि दिल्ली करिब तीन सय ७९ किलोमिटर मात्रै छ । महाकाली नदीमा पुल निर्माणसंगै नेपालको विकास र सम्वृद्धि हुने अपेक्षा गरिएको छ । संघ र प्रदेश सरकारबाट परिकल्पना समेत नगरिएको योजना स्थानीय सरकार भीमदत्त नगरपालिकाबाट शुरुवात भएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












