महोत्तरीको औरहीमा भीषण आगलागी, दश करोड बराबरको क्षति
काठमाडाैँ । महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ।
औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो।
आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण गरिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए।
‘आगो कहाँबाट सल्केको केही थाहा छैन,’ जेनरल स्टोरका संचालक महेश साहले भने। आइतबार साँझ साँढे सात बजेदेखि गोदामबाट धुँवा आएपछि आगलागी भएको व्यवसायीले पत्तो पाएका थिए।
घटनास्थलमा रहेका स्थानीय सञ्चारकर्मी प्रेमबाबु यदुबंसीका अनुसार व्यवसायी महेश साहले आफ्नै घरको तल्लो फ्लाइटमा हार्डवेयरको गोदाम राखेका थिए। माथिल्लो तल्लामा पारिवारिक बसाई र केही कोठा भाडामा लगाएका थिए।
‘तल्लो तल्लाको गोदाममा आगलागी भएको धुँवा माथिल्लो तल्लमा पुग्यो। त्यहाँ रहेका बच्चाहरुले आगो लागेको हल्ला गरेका थिए। गाउँलेहरु त्यहाँ पुगेर बच्चाहरुको उद्धार गरे। लगत्तै गोदाममा रहेको स्प्रिटमा आगो लाग्यो’, उनले भने, ‘स्थानीयले आगो नियन्त्रणमा लिन खोज्दै गर्दा आगोको मुस्लोले खाना पकाउने ग्यासको सिलिन्डरमा पुग्यो। अनि भागाभाग भयो। एकैछिनमा सिलिन्डर पड्किएपछि आगो गोदामभरी दनदनी फैलियो।’
आगलागी भएको खबर इलाका प्रहरी कार्यालयमा पुगेको सात मिनेटमै निरीक्षक प्रकाश रेग्मीले गौशाला नगरपालिकाको दमकल लिएर घटनास्थल पुगेका थिए। तर, दमकलले कामै नगरेको यदुबंसीले बताए।
महोत्तरीको बर्दिबास, जलेश्वरनाथ नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, जनकपुर उपमहानगपालिकाबाट गएको दमकलले फैलिएको आगो राति साढे ११ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ,’ उनले भने।
हार्डवेयर पसलको गोदाम भएको घरको माथिल्लो तल्लामा सुविसु नेटको कार्यालय तथा साधना लघुवित्त सञ्चालनमा थियो। हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको छ भने लघुवित्तमा आंशिक क्षति भएको छ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











