उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
चुनावी साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली वेभिनारमार्फत उद्घाटन गर्नेछन् । मंसिर ११ गते बिहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र सञ्चालन हुने छ । यस्तै निर्वाचन तथा मतदान मंसिर १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्रीले बालुवाटारबाटै कार्यक्रमको उद्घाटन गर्ने भएका छन् । बालुवाटारमा पदाधिकारी, पूर्वअध्यक्षहरु पुग्नेछन् । बाँकी सदस्यहरु जुममार्फत उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
उद्योग वाणिज्य समूहको मतदान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहतर्फको कार्की व्याङकेट माइतीघरमा र बस्तुगत संघ समूहको महासंघको सचिवालय, टेकुमा हुने छ । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने पनि महासंघले जनाएको छ । त्यस्ता मतदाताहरु भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुनेछन् ।
वरिष्ठ उपाध्यक्षसहित जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फको उपाध्यक्ष एवं कार्यकारी समिति सदस्यका लागि प्यानलसहित नै दुईवटा समूह बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच निर्वाचन हुने छ । ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।
यस्तै प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरु पनि प्यानलमै आवद्ध भएका छन् ।
६४ पदका लागि १ सय २४ को उमेदवारी
वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि १ सय २४ जनाको उमेदवारी परेको छ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला–नगर तथा एसोसिएटतर्फ एक–एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १ सय २४ जनाको उमेदवारी परेको हो ।
जिल्ला–नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २८ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३१ जनाको उमेदवारी परेको छ ।
एकजना संस्थागत समूहका लागि तीनजनाको उमेदवारी परेको छ । प्रदेशतर्फ वागमती र लुम्बिनी प्रदेशबाट तीन–तीन जनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ६ र सुदूरपश्चिम प्रदेशबाट २–२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् । केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध चयन भइसकेका छन् ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












