‘ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा सीमा विवाद छिटो टुंग्याउन चाहन्छौं’
काठमाडौं । नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार काठमाडौं आएलगत्तै नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे ।
विदेश सचिव श्रृंगलासँग भएको भेटमा नेपाली पक्षले सीमा विवादबारे आफ्नो प्रष्ट अडान राखेको छ ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको मत छ ।
भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ ।
विदेश सचिव श्रृंगलासँग सबै विषयमा खुलस्त कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले अनलाइखबरलाई बताए । ‘हामीले दुईपक्षीय सहकार्यका विविध क्षेत्रमा भएका प्रगति र समस्याहरुबारे वृहत छलफल गर्यौं’ उनले भने, ‘सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदन लगायतका दुई देशका बीचमा रहेका आउटस्ट्याडिङ विषयहरुमा पनि खुलेर छलफल भयो ।’
‘इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा मैले जोड दिएको छु’ मन्त्री ज्ञवालीले भनेका छन् ।
नेपालले सार्वभौम समानता, पारस्परिक लाभ, अहस्तक्षेप र आपसी विश्वासका आधारमा सम्बन्धलाई सुदृढ गराउन चाहेको प्रष्ट सन्देश दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सीमा लगायतका दुईपक्षीय विषयहरु वार्ताको माध्यमबाटै समाधान गर्न सकिने धारणा व्यक्त गरेका थिए । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको टेलिफोन सम्वादमा पनि आफूले यही विषय राखेको स्मरण गरेको स्रोतले बताएको छ ।
सीमा विवादको विषयलाई भारतीय पक्षले सकरात्मक रुपमा रेस्पोन्स गरेको सरकारी अधिकारीहरुले बताएका छन् । भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीच रहेका केही समस्याका कारण समग्र दुईपक्षीय सम्बन्धलाई बन्धक बनाउन नहुने बताएका थिए । ‘हाम्रो विचमा केही समस्याहरु छन्, त्यो मलाई थाहा छ । गएको वर्ष कोभिड-१९ सँगै केही राजनीतिक समस्याहरु थपिए’ उनले भनेका थिए, ‘यी विषयहरुलाई वार्ताद्धारा समाधान गर्नुपर्छ । हाम्रो विचमा गहिरो मित्रता छ, केही विषयले त्यो सम्बन्धलाई बन्धक बनाउनु हुन्न ।’
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको शिष्टाचार भेटमा पनि देशको विवादित विषयबारे कुराकानी भएको थियो । स्रोतका अनुसार छलफलको शुरुवातमै राष्ट्रपति भण्डारीले भारतीय विदेश सचिवलाई परराष्ट्र सचिव, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई भेट्नुभयो, केके कुराकानी भयो सुनाउनुहोस् भनी आग्रह गरेकी थिइन् ।
भारतीय विदेश सचिवले भने सीमा विवादतर्फ संकेत गर्दै दुई देशको विचमा केही समस्या रहेको, तर वार्ताबाट समाधान गर्न सकिने बताएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












