‘संघीयताको राम्रो अभ्यास हुँदै गएको छ,यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो’: सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् ।
पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए ।
शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।
उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै विधेयक बनाउन आवश्यक हुन्छ । कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी भएको छ, सांसदहरुमा त्यो कमी छ । त्यसकारण यसमा बढी ध्यान दिनुपर्छ ।’
सभामुख सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव भएको छैन । पार्टीबाट सांसदहरुलाई राम्रो प्रशिक्षण भएको छैन ।’
अर्को एक प्रसंगमा उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेकोसमेत बताए ।
राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’
स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











