आज शिलान्यास गरिएका ३९६ अस्पतालमा ९५ हजार बढी स्वास्थ्यकर्मी पठाइने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज ३ सय ९६ स्थानीय तहहरूमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी शिलान्यास गर्ने कार्यक्रम छ।
मन्त्रालयले अस्पतालमा आवश्यक जनशक्तिका लागि ओएनएम तयार गरिसकेको छ। त्यो स्वीकृति हुने चरणमा रहेको बताइएको छ। त्यसमा कुल ३९६ वटा आधारभूत अस्पताल सञ्चालनका लागि कुल १ लाख १६ हजार ८२५ जना जनशक्ति आवश्यक हुने प्रस्ताव गरिएको छ।
स्वास्थ्यको प्रस्तावमा ५ शैय्याका आधारभूत अस्पतालमा १ चिकित्सक, ४ नर्ससहित १२ स्वास्थ्यकर्मी व्यवस्था गरिएको छ। यस्तै, ५ शैय्याका अस्पतालहरूमा मात्रै ५२ चिकित्सक, २०८ जना नर्ससहित कुल ३ हजार १२० जना जनशक्ति आवश्यक हुने देखिएको र त्यहीअनुसार जनशक्तिको ओएनएम गरिएको आधारभूत अस्पताल शिलान्यास कार्यक्रमका संयोजक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालले जानकारी दिए।
यस्तै, १० शैय्याको अस्पतालमा २ जना चिकित्सक, ४ जना नर्स र एक जना मिडवाइफसहित कुल १७ जनाको दरबन्दी प्रस्ताव गरिएको छ। कुल १०९ वटा यस्ता अस्पतालका लागि २१८ जना चिकित्सक, ४३६ जना नर्स, १०९ जना मिडवाइफसहित कुल १८ हजार ५३० जना जनशक्ति चाहिने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा उल्लेख छ ।
यसैगरी, १५ शैय्याको अस्पतालका लागि ३ जना चिकित्सक, एक जना नर्सिङ अधिकृत, ५ जना नर्स, २ जना मिडवाइफसहित कुल २७ जनाको दरबन्दी प्रस्ताव गरिएको छ। २३५ वटा यस्ता अस्पतालका लागि ७०५ जना चिकित्सक, १ हजार ४१० जना नर्स र ४७० मिडवाइफ गरी कुल ९५ हजार १७५ जना जनशक्ति आवश्यक हुने प्रस्ताव गरिएको छ।
आधारभूत अस्पताल शिलान्यास कार्यक्रमका संयोजक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधवप्रसाद लम्सालले बताए।
अहिलेसम्म ३०२ वटा पालिकाले शिलान्यास गर्ने विवरण पठाइसकेको जानकारी दिए। केही स्थानमा हिजो अस्ति नै शिलान्यास भइसकेको र १० वटा जति स्थानमा केही दिनपछि शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए। उनले भने, ‘केही ठाउँमा जग्गाको टुंगो नलाग्दा र अरू केही प्राविधिक कारणले आज शिलान्यास गरिएको छैन।’
संघीयताको कार्यान्वयनको एउटा उदाहरण
संघीय सरकारको सहयोग र स्थानीय सरकारको पहलमा एकैपटक यति धेरै स्वास्थ्य संस्थाको निर्माण हुनु स्वास्थ्य क्षेत्रमा संघीयता कार्यान्वयनको एउटा गतिलो उदारहण भएको डा लम्सालले बताउँछन्।
उनका अनुसार यसअघि स्वास्थ्य संस्था तथा अस्पतालहरूको भवन निर्माण शहरी विकास मन्त्रालय अन्तरर्गतको भवन विभागले लिने गर्दथ्यो। तर, यसपटकदेखि भवन निर्माणको खाका, जनशक्तिको पदस्थापन र बजेटको व्यवस्था संघीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बजेटको निगरानी भवनको निर्माण स्थानीय सरकारले नै गर्ने व्यवस्था मिलाइएको छ।
जसमा अब स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग समन्वयको भूमिका मात्रै गर्ने र निर्माण तथा त्यसको कार्यान्वयनको जिम्मा स्थानीय पालिकाहरूलाई नै दिइएको हुँदा यो संघीयता कार्यान्वयनको एउटा उदाहरण भएको डा लम्साल बताउँछन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












