कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत
एजेन्सि । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ।
यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ। बेलायतले यसको प्रयोग केही दिनमै सुरु गर्नेछ।
बेलायतको स्वास्थ्य नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले यो खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो। फाइजर र बायोएनटेकले करिब १० महिना अवधिमा खोप बनाएका हुन्। यो ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ।
बेलायतले निःशुल्क खोपलाई अनिवार्य भने गरेको छैन। अहिले तीन तरिकाले खोप दिइने जनाइएको छ। अस्पताल, खोप केन्द्र र समुदायमा फार्मिसिस्टका साथमा खोपको प्रयोग गरिनेछ। जसका लागि करिब ५० अस्पताल र खोप केन्द्र तयारी अवस्थामा छन्। खोप केन्द्रका लागि रंगशालाजस्ता खुला ठाउँमा पनि तयारी गरिएको छ।
संक्रमितलाई यो खोप तीन सातामा दुई डोज दिनुपर्छ। अमेरिका, जर्मनी, ब्राजिललगायत देशमा गरिएको परीक्षणमा दोस्रो डोजसम्म दिइएको थियो। त्यसको सात दिनमा ९० प्रतिशत बिरामी संक्रमणमुक्त भएका थिए।
बेलायतले ४ करोड खोप किन्ने प्रक्रिया सुरु गरिसकेको छ। जसले त्यहाँका स्वास्थ्यकर्मी र ६५ वर्षभन्दा माथिका सबैलाई दिन पुग्ने अनुमान गरिएको छ। बेलायतका सरकारी अधिकारीका अनुसार आगामी वर्षको अन्त्यसम्म १० करोड डोज उपलब्घ हुने अपेक्षा छ। औषधि कम्पनीले पनि आगामी वर्षसम्म एक अर्ब ३० करोड डोज आपूर्ति गर्न सक्ने बताएको छ।
यो खोप माइनस ७० डिग्री तापक्रममा मात्र भण्डारण गर्न सकिन्छ। त्यसलाई सुख्खा आइसमा विशेष बाकसमा राखेर मात्रै एक ठाउँबाट अन्यत्र लैजानुपर्ने हुन्छ। विज्ञहरूले भने खोप सुरु भएपछि पनि सतर्क रहनुपर्ने बताएका छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












