“सरकार गरिखान देऊ” भन्दै माइतीघरमा रात्रीकालिन व्यवसायीको प्रदर्शन
काठमाडौं । रात्रीकालिन व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए।
कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने दरबारमार्ग स्थित “किंस लाउन्जा”का सञ्चालक कुमार गुरुङ बताउँछन्।
अन्य व्यवसाय निर्बाध रुपमा सञ्चालन भैराखेको बेला सरकारले रात्रीकालिन व्यवसायः क्लव, रेष्टुरेन्ट, बार लगाएतका व्यवसायलाइई सरकारले उपेक्षित गरेको भन्दै व्यवसायी गुरुङले सरकारप्रती गुनासो पोखे ।
उनले भनेः सम्बन्धित सरोकारवाला निकायलाई पटक-पटक व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागहरु राख्दा सुनुवाई नभएपछी प्रर्दशनमा उत्रिनु परेको हो ।
करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा तिर्न गाह्रो भएको जस्ता समस्या रहेको उनले बताए। काम गरि खान दिनेलाई सरकारले काम गर्न दिनुपर्ने उनको भनाइ छ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












