चीनले नेपाली भूमि मिच्यो भन्नु अतिरञ्जित प्रचार मात्र होः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताएका छन् ।
चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भएको उनको दाबी छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले भारतसँग चीनसँगको सीमा विवाद पनि संवेदनशील भएको बताएका थिए ।
तर परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नभएको बताए । २०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर चीनले योयो स्थानमा सीमा मिच्यो भनेर प्रचार भएपछि सरकारले टोली नै बनाएर अध्ययन गरेको बताए । चीन बनाएको संरचना सीमाभन्दा एक मिलोमिटर टाढा पाइएको उनले बताए ।
अहिले पनि त्यसरी नै प्रचार भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख लगायतको टोली गएर स्थलगत अध्ययन गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । त्यही टोलीको रिपोर्टिङका आधारमा परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेर प्रष्ट पारेको उनले बताए ।
नेपाल र चीनले सीमासम्बन्धी प्रोटेकलमा हस्ताक्षर गरेका सीमा पहिचान गर्न सहज भएको उनले बताए । उका अनुसार जिरो नम्बर पिल्लर त्रिदेशीय बिन्दु तय नभएकाले छैन भने हराएको भनिएको ५७ नम्बरको पिल्लर पनि भेटिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












