‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्यो।
मौद्रिक नीतिको बुँदा नं. ६७ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत् ग्राहकबाट लिने सेवा शुल्कसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ।’
यही बुँदाका कारण केही मानिसहरूमा फेरि एउटा बैंकको एटिएमले अर्को बैंकबाट पैसा झिक्दा शुल्क लाग्ने हो कि भन्ने ठाने।
राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था यथावत् छ।’
उनका अनुसार अन्तर एटिएम कारोबारमा शुल्क लिन पाउनेबारे अहिले निर्णय भइसकेको छैन।
बैंकहरूले पनि अहिले नि:शुल्क एटिएमको व्यवस्था नै लागू भइरहेको स्पष्ट पारेका छन्। नबिल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीले अन्तर एटिएम कारोबारमा अहिले कुनै शुल्क नलिइएको स्पष्ट पारे।
‘हामीलाई कुनै निर्देशन आएको छैन, राष्ट्र बैंकले यसअघि गरेको शुल्क लिन नपाउने व्यवस्था नै कार्यान्वयन भइरहेको छ’ उनले भने।
यसअघि कोरोना भाइरसको महामारी सुरू हुँदा बैंकहरूले नै चैतको दोस्रो साताबाट अन्तरएटिएम कारोबार नि:शुल्क गरेका थिए।
पछि राष्ट्र बैंकले नै अर्को व्यवस्था नभएसम्म अन्तरएटिएम कारोबारमा कुनै शुल्क लिन नपाउने गरी निर्देशन गरेको थियो।
बैंकहरूले अन्तरएटिएम कारोबार गर्दा नेटवर्कअनुसार सेवा शुल्क लिँदै आएका थिए।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












