दश करोड अमेरिकनलाई सय दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने बाइडेनको घोषणा
एजेन्सि । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले कार्यभार सम्हालेको सय दिन भित्रमा दश करोड अमेरिकनलाई कोरोनाविरुद्धो भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेका छन्। बाइडेनले कोभिड-१९ महामारीविरुद्ध लड्न तीन बुँदे योजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
सबैले मास्क लगाउनुपर्ने, विद्यालयहरु पुन खोलिने पनि उनको प्राथमिकतामा परेका छन्। यी कदमले महामारीको कोर्स बदलिनसक्ने विश्वास उनले लिएका छन्।
Today, I’m announcing key COVID-19 priorities for the first 100 days of my administration:
– Everyone wears a mask
– 100 million vaccinations
– Reopen the majority of schoolsWith these steps, we can change the course of the disease and change life in America for the better.
— Joe Biden (@JoeBiden) December 8, 2020
बाइडेनले अहिले सबैलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेका छन्। उनले भनेका छन्, ‘म अमेरिकाको नयाँ राष्ट्रपतिका रुपमा अमेरिकी जनतालाई भन्दैछु। सय दिनसम्म मास्क लगाउनुहोला। आफैले आफैलाई सहयोग गर्नुहोला। आफ्नो परिवार र समुदायलाई सहयोग गर्नुहोला। हामीले कार्यभार सम्हालेको सय दिनसम्म मास्क लगाउनुहोला।’
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले कोरोनाविरुद्धको भ्याक्सिनमा अमेरिकनलाई प्राथमिकता दिने गरी कार्यकारी आदेश जारी गरेकै दिन बाइडेनको योजना सार्जजनिक भएको हो। ट्रम्पले अरु देशलाई सहयोग गर्नुअघि सबै अमेरिकीलाई भ्याक्सिनको पहुँचमा पुर्याउन कार्यकारी आदेश जारी गरेका थिए।
बाइडेनका आफ्नो सुरुको सय दिनमा कोरोनाको महामारी समा बाइडेनले कोरोनाविरुद्ध लड्ने आफ्नो स्वास्थ्य टिमको समेत औपचारिक परिचय गराइसका छन्। बाइडेनले तीनमहिलासहित ७ जनाको टिम घोषणा गरेका हुन्।
बाइडेनले स्वास्थ्यमन्त्री अर्थात् हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरीमा ल्याटिनो मुलका हाभिर बसेरालाई नियुक्त गर्ने घोषणा गरेका छन् भने युएस सर्जन जनरलमा दक्षिण एसियाली मुलका डाक्टर विवेक मूर्तिलाई नियुक्त गर्ने घोषणा गरेका छन्।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











