चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मूर्ति स्तुपा भत्किँदैन : मन्त्री नेम्बाङ्ग
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भु क्षेत्रमा रहेको हजार बुद्ध सहित बोधि चैत्यको संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताउनुभएको छ।
स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भएको छलफलमा उनले स्वयम्भु क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन्।
मन्त्री नेम्बाङले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचिको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्र भित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताए। हजार बुद्ध सहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि उनले बताए।
भत्काउने भन्दा बनाउने ढंगले सकारात्मक रुपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको भन्दै उनले प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विस्वस्त हुन आग्रह आग्रह गरे।
छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजना अनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकला सहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्ध सहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको जानकारी दिएका थिए।
सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकी देखि महाराजगंज हुँदै धोवीखोला सम्मको सडक क्षेत्र विस्तार गर्दै छ। चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडी पट्टि रहेको हजार बुद्ध सहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठामाडौं महानगरपालिकाले त्यसको प्रक्रिया समेत अगाडि बढाइसकेको छ। त्यसैले स्वयम्भु क्षेत्रका सरोकारवालाहरुले मन्त्री नेम्बाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन्।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











