सरकारद्वारा उखुको मूल्य निर्धारण, प्रतिक्वीन्टल ५४४ रुपैयाँ
काठमाडाैँ । चालु सिजनको लागि सरकारले उखुको मूल्य प्रतिक्वीन्टल पाँच सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ।
यो न्यूनतम् समर्थन मूल्य भएको सरकारले जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। गत वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३४ रुपैयाँ ५६ पैसा पाएका थिए। यस वर्ष सरकारले तोकेको मूल्य गत वर्षभन्दा ८ रुपैयाँ २३ पैसा बढी हो।
लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उखुको मूल्य निर्धारण गरेको हो। उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार उखुको उत्पादन लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा जोडेर पाँच सय ४४ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरिएको हो।
उखु किसानले भने सरकारले निर्धारण गरेको मूल्यमा चित्त बुझाएका छैनन्। देशकै सबैभन्दा धेरै उखु खेती हुने सर्लाहीका उखु किसानले यस वर्ष उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गर्दै गत साता सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले सरकार र उद्योगपति मात्रै बसेर निर्धारण गरिएको उखुको मूल्य किसानलाई मान्य नहुने बताए। ‘अहिले हामी चिनी प्रतिकिलो ९० रुपैयाँमा किनेर खाइरहेका छौँ,’ अध्यक्ष मैनालीले शनिबार बिहान नेपालखबरसँग भने, ‘सरकारले चिनीको मूल्य ५८ रुपैयाँ प्रतिकिलोलाई आधार मानेर अहिले उखुको मूल्य निर्धारण गरेको छ, यसलाई कसरी न्यायोचित मान्न सकिन्छ?’
उनले सरकारको अन्यायपूर्ण निर्णयविरुद्ध किसान आन्दोलनमा जानुको विकल्प नभएको बताए। ‘आज र भोली हामी सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लाका किसान प्रतिनिधिबीच भेला गर्दैछौँ, त्यही भेलाले आन्दोलनको स्वरुप निर्धारण गर्छ,’ मैनालीले भने। उद्योगी र सरकारको रबैयाको कारण वर्षेनी २० प्रतिशतका दरले तराइमा उखु खेती घटिरहेको मैनालीले बताए।
उनले सोमबार पत्रकार सम्मेलन गरेर महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












