उखु किसान पुन: सडकमा, रित्तो हात घर नफर्किने
काठमाडौं। चिनी उद्योगहरूले उखु किनेबापतको रकम नदिएपछि उखु किसानहरू दोस्रो पटक आन्दोलनमा उत्रिएका छन्।
उखु किसान संघर्ष समितिको नेतृत्वमा आजदेखि काठमाडौंको माइतीघरमा बाँकी रकम भुक्तानी गर्न र गराइदिन दबाब दिँदै आन्दोलन सुरू भएको छ।
यसअघि, गत वर्षको पुसमा उखु किसानहरूले माइतीघरमै बाँकी रकम भुक्तान गर्न भन्दै आन्दोलन गरेका थिए। तत्कालीन समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको मध्यस्थतामा उद्योगीले बाँकी रकम भुक्तानी गर्ने सहमति जनाएपछि किसानहरूले आन्दोलन फिर्ता लिएका थिए।
तर, त्यसको एक वर्षपछिसम्म पनि पैसा नपाएको भन्दै पुनः आन्दोलनमा उत्रिएको समितिका सचिव हरिश्याम यादवले जानकारी दिए।
उनले भने, “अघिल्लो वर्ष पनि हामी आन्दोलनमा थियौं। तर, अहिलेसम्म बाँकी रकम पाइएको छैन।”
अब भने सबै बाँकी रकम लिएर जाने उनको भनाइ छ। सबै चिनी उद्योगले अहिले किसानको ९० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको यादवले जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढी श्रीराम सुगर मिलले ४२ करोड भुक्तानी दिन बाँकी छ। त्यस्तै अन्नपूर्ण सुगर मिलले ३० करोड, लुम्बिनी सुगर मिलले ८ करोड बाँकी रहेको उनले जानकारी दिए।
यस्तै, महालक्ष्मी सुगर मिलले ३ करोड र वागमती र इन्दिरा सुगर मिलले ५/५ करोड दिन बाँकी रहेको समितिले जनाएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












